×

NMB BANK
NIC ASIA

सवारीको गति नियन्त्रण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ देखि मापसे चेकिङसम्म [निर्णयसहित]

असोज ८, २०७९

NTC
Premier Steels

सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि गठन गरेको समितिले विभिन्न राजमार्गमा टाइमकार्ड लागू गर्ने निर्णय गरेको छ । शनिवार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा सवारी साधनको गति नियन्त्रण गर्नका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

त्यस्तै समितिले यात्रुहरूको अत्यधिक भीड भएको कारण देखाई सवारी साधनहरूको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, आवश्यकतानुसार अनुगमन गर्नेसहित १४ निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ताे छ समितिकाे निर्णयहरू 


Advertisment
Nabil box
Kumari

१. गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूको समन्वयमा राजमार्गहरूमा स्थान पहिचान गरी टाइम लागू गर्ने ।

Vianet communication

२. चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक भीड भएको कारण देखाई सवारी साधनहरूको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, सो को आवश्यकतानुसार अनुगमन गर्ने । 

३. हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बर लगायतका आवश्यक सूचनाहरू रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्ने र सवारी साधन स्यानिटाइज गर्ने व्यवस्था मिलाउने । चालकले अस्वभाविक किसिमले सवारी चलाएमा गुनासो गर्न सम्पर्क फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो गुनासो सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन गर्ने ।

४. यातायात व्यवस्था विभागबाट २०७९/०६/०९ देखि मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा उपत्यकाका मुख्य मुख्य स्थानहरूमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने ।

५. सवारी साधनहरूको सहज सञ्चालनको लागि यातायात व्यवसायी महासंघको तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति तोकी सो को टेलिफोन नम्बर समेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउने ।

६.    बीमा नभएका सवारी साधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाई हुने तथा मेकानिकल परीक्षण नभएका सवारी साधनहरूको बीच बाटोमा यान्त्रिक समस्या देखिई दुर्घटना हुने तथा यात्रुहरू अलपत्र पर्न सक्ने सम्भावना भएकोले बीमा नभएका र मेकानिकल परीक्षण नभएका सवारी साधनलाई रुट परमिट नदिने व्यवस्था यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले मिलाउने ।

७.    मादक पदार्थ र लागू पदार्थ प्रयोग गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना हुने भएकोले नियमित र आकस्मिक रुपमा नेपाल प्रहरीबाट सो को चेकजाँच गर्ने व्यवस्था मिलाउने । लागू पदार्थ प्रयोग गरेको सम्बन्धमा लागू औषध नियन्त्रण ब्यूरोको मातहतका कार्यालयबाट टेस्ट किट प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाउने ।

८. दुर्घटना न्यूनीकरणमा पूर्वसतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासंघको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गर्ने । सडकमा भएका खाल्डा-खुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय गर्ने ।

९. यातायात व्यवसायी महासंघको समन्वयमा विद्यमान रिफ्रेशमेन्ट सेन्टरहरूलाई चालु हालतमा राख्ने व्यवस्था बुँदा नं. ८ मा गठित समितिले मिलाउने ।

१०. दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासंघको समन्वयमा लागत व्यहोर्ने गरी हवाई साधन परिचालन गर्ने ।

११. जिल्लास्थित बजार अनुगमन समिति मार्फत राजमार्गहरूमा रहेका होटल, रेष्टुरेण्टहरूको खानाको परीक्षण गर्ने । गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानूनअनुसार कारबाही गर्ने ।

१२. बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडकहरूलाई सुचारु रुपले सञ्चालन गर्नका लागि सडक विभागले अन्तर्गतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने ।

१३. लामो दूरीमा चल्ने सवारी साधनमा दुईवटा चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइएमा तत्काल कारबाही गर्ने ।

१४. बस व्यवसायीहरू समेतको समन्वयमा राजमार्गमा सवारी साधनहरूको अनुगमन गर्न तथा सवारी दुर्घटना भएमा तत्काल उद्धार गर्न मातहतका युनिटहरूलाई निर्देशन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई निर्देशन गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x