पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
असोज ९, २०७९
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका निवर्तमान सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष शनिवार जनकपुर पुगे । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट चुनाव जितेका अरगरिया जनता समाजवादी पार्टी (जसपा) विभाजनसँगै लोसपातिर लागेका थिए ।
आफ्नो मन्त्रिपरिषद्मा १८ दिन मन्त्री बनेका अरगरियालाई पार्टी प्रवेश गराउन ओली जनकपुरबाट रेल चढेर धनुषाको विदेह नगरपालिकाको तिनकौरियासम्म पुगेका थिए । त्यही दिन ओली शहीद परिवारको घरमा गएर मधेशको मन जित्ने कोसिस गरे ।
त्यसअघि भदौ ३१ गते जसपा केन्द्रीय सदस्य उदयनारायण यादव, राम बल्लभ साहलगायतलाई पार्टी प्रवेश गराउन ओली सिराहा पुगे । त्यसको दुईदिन अघि नेपाल बुद्धिजिवी परिषद्को मधेश प्रदेश अधिवेशन उद्घाटन गर्न भदौ २७ गते ओली जनकपुरमै थिए । ओलीले सोही दिन जुली महतोको निर्वाचन क्षेत्रमा रुही नाज, रामउदित राम, अरविन्द साहलगायतलाई पार्टी प्रवेश गराए ।
भदौ २५ गते विराटनगर पार्टी प्रवेश गराएर जितिया पर्वमा सहभागी भए । यसबीचमा सद्भावना पार्टीबाट पटक–पटक चुनाव जितेका खोभारी रायलाई पार्टी प्रवेश गराए ।
ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका उमाशंकर अरगरिया धनुषा–२ बाट साविकको समाजवादी पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रमुख सचेतक बनेका थिए । साविकको राष्ट्रिय जनता पार्टी (राजपा) र सपा मिलेर जनता समाजवादी पार्टी बने पनि उनी प्रमुख सचेतक नै थिए । जसपाबाट लोसपा छुट्टिएपछि उनले लोसपा रोजेका थिए ।
साविकको मधेशी जनअधिकार फोरममा आवद्ध सञ्जय साहको टिममा लागेर मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा लागेका उनी पछि विजयकुमार गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरममा आवद्ध भएका थिए ।
ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर मन्त्रिपरिषद पुनर्गठन गरेपछि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएका थिए ।
‘मधेशवादी दलले मधेशको मत लिएर समानुपातिकतर्फको कोटामा नेताहरूका परिवार भित्रका, नाता भित्रकालाई सांसद बनाउने गरेको छ, त्यसपछि पैसा लिएर समानुपातिक सांसद बनाउने गरेको छ,’ अरगरियाले लोकान्तरसँग भने, ‘मधेशको अधिकार तथा पहिचानको नाममा मधेशबाट मत लिन्छन् तर जितेर गएपछि सत्ताको खेलमा मात्र लाग्ने गरेका छन् । मधेशवादी दलमा मन्त्री बन्नका लागि पनि नेताहरूलाई दाम नै चढाउनु पर्छ ।’
मधेशवादी दलको उक्त विकृतिका कारण आफू एमालेमा प्रवेश गरेको उनले बताए । ‘देशमा अन्य नेताको तुलनामा केपी ओली नै मधेशको समृद्धि तथा विकासका लागि इमान्दार देखिएको हुनाले पनि मैले एमाले रोजेका होे’, उनले थपे, ‘ओलीजीको कार्यशैलीबाट प्रभावित भएर पनि एमालेमा लागेको हो ।’
संघीयताको कुरा गर्ने तर मधेश प्रदेशमा जसपाकै नेतृत्वमा रहेको सरकारले विकासको कामभन्दा पनि भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए ।
अरगरियाको संसदीय क्षेत्रमा लोसपाको संगठन अत्यन्त कमजोर छ । लोसपाको तुलनामा एमालेको संगठन बलियो छ । त्यसकारण पनि उनले एमाले नै रोजेको उनीनिकट एक स्थानीय कार्यकर्ताले बताए ।
अरगरियाले एमाले प्रवेश गर्नुभन्दा पहिले नै जसपाका निवर्तमान सांसदद्वय अमृता अग्रहरी र रूही नाज, मधेश प्रदेश सभाका निवर्तमान सांसदद्वय रिना यादव र अन्जु यादवले पनि एमाले प्रवेश गरिसकेका छन् । अरगरियाको जस्तै उनीहरूको पनि समान आरोप छ ।
नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव पनि एमालेमा प्रवेश गरेका छन् । केही महिनाअघि सम्पन्न भएको जिल्ला अधिवेशनमा उनी कांग्रेस सभापति शेरबहादुर देउवा गुटबाट जिल्ला सभापतिको उम्मेदवार भई पराजित भएका थिए ।
मधेश प्रदेशमा कतिपय जिल्लाका स्थानीय तहका निवर्तमान प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष र वडाध्यक्षहरू पनि एमालेमा प्रवेश गरेका छन् ।
धनुषाबाट राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य सञ्जिवकुमार झा ‘सुरज’ स्थानीय तहको निर्वाचन यता हालसम्म मधेश प्रदेशमा विभिन्न राजनीतिक दलहरूबाट २० हजार जति कार्यकर्ताहरू एमाले प्रवेश गरिसकेको दाबी गर्छन् ।
सुधारिएको हो मधेशमा एमालेको पोजिसन ?
राजनीतिक विश्लेषक रोशन जनकपुरी एजेण्डाकै कारण संसदीय राजनीतिमा स्थापित हुनपुगेको मधेशवादी दलहरूमा एजेण्डामा नै स्खलन आउँदा ती पार्टी छाड्नेक्रम शुरु भएको बताउँछन् ।
‘बलियो एजेण्डाका कारण भएको मधेश आन्दोलनबाट वडाध्यक्षसमेत जित्न नसक्नेहरू सांसद र मन्त्री त बने,’ उनले लोकान्तरसँग भने, ‘एजेण्डा पूरा गराउने भन्दा पनि एजेण्डालाई सत्ताको लागि उपयोग गर्नमा मात्र सीमित भएका कारण आज उनीहरूले जनताको भरोसा पनि गुमाएका छन् ।’ पार्टी नै कमजोर स्थितिमा रहेपछि त्यही पार्टीले अब दोहोर्याएर जिताउन सक्दैन भन्दै एमालेको शरणमा जान लागेको उनले बताए ।
‘एक त ती पार्टीहरू नै अवसरवादी छन्, त्यसमा रहेका नेताहरूले पनि आफ्नो पदीय अवसरको लागि बलियो पार्टीको शरण खोज्न थालेका हुन्’, जनकपुरीले थपे, ‘पाँचदलीय गठबन्धनमा आफैभित्र मारामार भएका कारण अरुको प्रवेश निषेध छ । खाली स्थान एमालेमै रहेका कारण अवसरवादी नेताहरूको लागि एमालेको ढोका खुला गरेपछि एमाले प्रवेशको सिलसिला देख्न थालिएको हो ।’
एमालेनिकट नै मानिने मधेशका अर्का एक बुद्धिजीवी केही नेताहरू पार्टी प्रवेश गर्दैमा एमालेको अवस्था मजबुत भयो भन्ने अवस्था नरहेको बताउँछन् । ‘स्थानीय तह चुनावको बेला अध्यक्ष कमरेड पटक–पटक वीरगञ्ज जानुभयो, सयौँलाई पार्टी प्रवेश गराउनु भयो । तर, अपेक्षाकृत भोट आएन’, उनले लोकान्तरसँग भने, ‘चुनावको बेला अवसरवादीहरूले पार्टी छाड्छन्, अवसर खोज्दै नेता पार्टी प्रवेश गर्दैमा देहातमा अवस्था सुध्रियो भन्नु गलत हुन्छ ।’
कतिपय समानुपातिक सांसदहरूले फेरि पनि समानुपातिकमा अवसर नपाएकाले दल अदल–बदल गरेको उनको विश्लेषण छ ।
जसपाका प्रवक्ता मनिषकुमार सुमन पनि केही अवसरवादीहरू पार्टी छोडेर जाँदैमा केही असर नपर्ने बताउँछन् । ‘चुनाव अघि पार्टीहरूमा प्रवेश तथा बहिर्गमन स्वाभाविक हो, त्यसलाई सहज रुपमा लिनुपर्छ’, सुमनले भने ।
एमाले अध्यक्ष ओलीको ध्यान मधेशमा नै किन ?
मधेश आन्दोलनताका सबैभन्दा बढी विरोध एमाले अध्यक्ष ओलीको नै भएको थियो । सबैभन्दा बढी ओलीकै पुतला पनि दहन भएको थियो । एमाले पार्टीलाई मधेश विरोधी पार्टी र ओलीलाई मधेश विरोधी नेताको बिल्ला भिराइएको थियो । यहाँसम्मकी आन्दोलनकारीहरूले ओलीलाई ‘मधेश प्रवेश निषेध’को घोषणा नै पनि गरेका थिए ।
त्यसको प्रतिकारस्वरूप एमालेले मेची महाकाली अभियान नै सञ्चालन गरेको थियो । २०७३ फागुन २३ गते उक्त अभियान सप्तरीको मलेठ पुग्दा मधेशवादी दलहरूले प्रतिकार गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ५ जना आन्दोलनकारीको मृत्यु भएको थियो । उक्त घटनापछि एमालेले आफ्नो राजनीतिक कार्यक्रम स्थगित गर्न बाध्य भएको थियो ।
मधेशमा एमाले लोकप्रिय छ र ओली आफैँ पनि लोकप्रिय नेता हो भन्ने देखाउनका लागि पनि ओलीले मधेशलाई प्राथमिकतामा राखेको जसपाका एक नेताले बताए ।
नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि मधेश प्रदेशमा धेरैजसो नेता तथा प्रदेश सभाका सांसदहरू पनि एकीकृत समाजवादीमा लागेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेशको ३२ सिटमध्ये एमालेले २ सिट मात्र जितेको थियो ।
त्यसैगरी मधेश प्रदेशको प्रदेश सभाको ६४ सिटमध्ये एमालेले प्रत्यक्षमा १४ सिट जितेको थियो । ७ जना समानुपातिकसमेत गरेर २१ सिट जितेको एमालेसँग ७ जना मात्र प्रदेशसभामा सदस्य बाँकी रहेको थियो । १४ जना प्रदेशसभा सदस्यहरू एकीकृत समाजवादीमा लागेका थिए ।
मधेश प्रदेश सभामा कमजोर बन्न पुगेको एमालेलाई ओलीले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा फेरि पनि पुरानै दलको हैसियतमा फर्काउन चाहेका छन् । त्यसका लागि उनले एकीकृत समाजवादीमा लागेका जिल्लादेखि स्थानीय तहका नेता तथा कार्यकर्ताहरूलाई फर्काउन अभियान नै सञ्चालन गरेका छन् । कतिपय जिल्लामा एकीकृत समाजवादीमा लागेका कार्यकर्ताहरू फर्किसकेका छन् ।
त्यसबाहेक जसपा, लोसपा, कांग्रेस, माओवादीसहित अन्य दलमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउनकै निम्ति पछिल्लो समय ओली निरन्तर मधेश प्रदेशका विभिन्न जिल्लामा पुग्ने गरेका छन् ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अघि पनि ओलीले मधेशमा निरन्तर पुगेर पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेका थिए । त्यसको परिणाम स्थानीय तहको निर्वाचनमा समेत देखिएको थियाे ।
मधेश प्रदेशको कुल १३६ वटा स्थानीय तहमध्ये एमालेले ११ गाउँपालिकामा अध्यक्ष तथा १९ पालिकामा प्रमुखसहित कुल ३० स्थानीय तहमा जितेर दोस्रो ठूलो दलको रूपमा स्थापित भएको छ । कांग्रेस १८ गाउँपालिका र २८ नगरपालिकासहित कुल ४६ स्थानीय तहको प्रमुख/अध्यक्ष जितेर पहिलो दल बनेको थियो ।
मधेशवादी दलहरूको आधारभूमि नै रहेको मधेश प्रदेशमा जसपाले १७ गाउँपालिका र ८ नगरपालिकासहित २५ पालिकामा प्रमुख/अध्यक्ष जितेको थियो । त्यसैगरी लोसपाले ७ गाउँपालिका र ७ नगरपालिकासहित १४ पालिकामा जितेको थियो । नेकपा माओवादी केन्द्रले २ गाउँपालिका र ५ नगरपालिकासहित ७ पालिका तथा नेकपा एकीकृत समाजवादी पार्टीले १ गाउँपालिका र ७ नगरपालिकासहित कुल ८ पालिकाको प्रमुख/अध्यक्ष जितेको थियो ।
एमाले नेता प्रभु साह पनि अध्यक्ष ओलीकै कारण मधेश प्रदेशमा गुणात्मक प्रभाव परेको बताउँछन् ।
स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो भएपछि मधेशमा गुमेको शाख फेरि पनि फर्काउने ध्याउन्नमा ओलीले मधेशलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको देखिन्छ । ‘फेसभ्यालु भएका दोस्रो तहका नेताहरू नहुँदा अध्यक्षले नै दौडधूप गर्नु भएको छ, उहाँको कुरा सुन्न मधेशका गाउँ–गाउँबाट मानिस आइरहेका छन्’, एमालेका एक निवर्तमान सांसदले भने ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...