×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकको तौथलीमा अनौठो दही जात्रा

असोज २१, २०७९

NTC
तस्वीर : सामाजिक सञ्जाल [विकिपेडिया]
Premier Steels

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । 

Muktinath Bank

वृद्धवृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै जात्रा मनाएका हुन् । तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरी देवीको मन्दिर छ । विशेषगरी बडादशैंको एकादशीको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । भक्तजन मनोकांक्षा पूरा हुने विश्वासका साथ त्रिपुरासुन्दरी देवीको दर्शन गर्न टाढा–टाढाबाट आउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरीमा ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका) छ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली शुरु हुने गर्छ । भूकम्पपछि पुरातत्व विभागको बजेटमा पुनःनिर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरमा यो वर्ष मात्रै देवीलाई राखिएको छ । 


Advertisment
Nabil box
Kumari

महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको बध गरेको खुशियालीमा किराँतकालदेखि हालसम्म दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । 

Vianet communication

दही जात्रा हालसम्म तौथलीमा मात्र मनाइँदै आएको छ । गुठियार र स्थानीयवासीले गाईभैँसी नथाकुन् र पशुपालन, व्यवसाय सप्रिँदै जाओस् भनी कामना गर्दै यसरी दही ल्याएर चढाउने गर्दछन् । दही प्रसादका रूपमा बाँड्ने गरिएको छ । हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैँको फूलपातीबाट नै शुरू हुने गरेको छ । 

फूलापातीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । जसमा देवीको कृपाले बाँचेको एउटामात्रै माछालाई बलि चढाएर यहाँको पूजा शुरु हुन्छ । महाअष्टमीको दिन कालो रङको बोकाको मात्रै बलि दिइन्छ । 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष बोहोराका अनुसार दशमीको रात वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नागनागिनी, स्याल कहनजस्ता दर्जनौँको नृत्यसहित जात्रा लाग्ने गरेको छ । दही जात्रा सकिएपछि विधिवत्रूपमा तौथली माईअर्थात् त्रिपुरासुन्दरी माईको जात्रा यो वर्षको लागि सकिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x