×

NMB BANK
NIC ASIA

सशस्त्रका असई हत्या प्रकरण : छिन्नमस्ता बीओपीका सईको गतिविधि पनि शंकास्पद !

असोज ३०, २०७९

NTC
Premier Steels

सप्तरीस्थित बोर्डर आउट पोस्ट (बीओपी)का सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको मृत्यु प्रकरणमा नायब निरीक्षक (सई) कृष्णबहादुर मगरको गतिविधि शंकास्पद देखिएको छ ।

Muktinath Bank

अनुसन्धानमा खटिएका सशस्त्र प्रहरी अधिकारीहरूका अनुसार सई मगरले यादवको शव बुझ्न मानेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सीमा सुरक्षा बल (एसएबी)ले सशस्त्र प्रहरी बलको कर्मचारी भएकाले शव बुझ्न बारम्बार भने पनि उनले आफ्नो कर्मचारी नभएको जिकिर गरेका थिए । 


Advertisment
Nabil box
Kumari

स्थानीयको दबाबपछि मात्र उनले शव बुझेका थिए ।

Vianet communication

असई यादवको परिवारसँग निकट स्रोतका अनुसार सई मगरले पहिले यादवका छोरालाई फोन गरेर ‘तिम्रो बुवा हरायो, खोज्नू’ भनेका थिए । त्यसको ५/७ मिनेटपछि ‘तिम्रो बुवा भेटिएन, आफन्तकोमा पनि खोज्नू’ भन्दै पुनः फोन आएको पारिवारिक स्रोत बताउँछ ।

फेरि २/३ घण्टापछि शव बुझ्न भन्दै फोन गरेको यादवको परिवारका एक सदस्यले लोकान्तरसँग बताए ।

‘उहाँ (सई कृष्णबहादुर मगर)ले पहिला फोन गरेर हराएको भन्नुभयो । ५ मिनेटपछि आफन्तकोमा खोज भन्नुभयो । २/३ घण्टापछि शव बुझ्न बोलाउनु भयो,’ ती सदस्यले भने, ‘उहाँले सबै कुरा थाहा भएर पनि नाटक गर्नुभयो ।’

यादवको छोराले आफ्नो बुवाको शव भएको भनी पहिचान गरेपछि पनि मगरले शव बुझ्न नमानेको स्थानीयले बताएका छन् । 

त्यति मात्र होइन सई मगर घटनाको पछिल्लो दिन (असोज २१ गते) आफ्नो पिसाब (मूत्रनली)मा समस्या भएको भन्दै बिदा लिएर सप्तरीको राजविराज गएका थिए । 

त्यसपछि उनी उपचार गराउने भन्दै विराटनगर गएको र त्यहाँबाट सशस्त्र प्रहरी अस्पताल बलम्बु आएको खुलेको छ । 

‘घटनाको अर्को दिन नाटकीयरूपमा बिरामी भएको भन्दै राजविराज, सप्तरी हुँदै बलम्बु आउनु नै शंकास्पद देखिन्छ,’ सशस्त्र स्रोतले लोकान्तरसँग भन्यो । 

सशस्त्र प्रहरीले घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको छ । 

सई मगरलाई २ नम्बर बाहिनी छिन्नमस्ताका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले बीओपी पठाएको भन्दै आलोचना हुँदै आएको थियो ।

अहिले त्यो समितिले विभागीय अनुसन्धान गरिरहेको छ । समितिले उनीलगायत गणका प्रमुख र बीओपीका कर्मचारीहरूसँग सोधपुछ गरिरहेको एक अधिकारीले बताए ।

घटना सार्वजनिक भएलगत्तै गणपतिले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै सशस्त्र प्रहरी हेडक्वार्टरले २५ गते सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ । 

सप्तरी प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेश सिंहका अनुसार अहिले पक्राउ परेका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको प्रारम्भिक बयान भइरहेको छ । 

उनका अनुसार प्रहरीले शव २० गते फेला पारे पनि उनको हत्या कहिले र कहाँ भएको भन्ने अझै खुलिसकेको छैन । 

‘घटना कहिले भएको र कहाँ भएको भन्ने खुलेको छैन । हामीले अनुसन्धान गरिरहेका छौं,’ डीएसपी सिंहले भने ।

प्रहरीले शव पोष्टमार्टम गरेर सद्गदका लागि परिवारलाई  जिम्मा लगाएको छ । 

अहिले सशस्त्र प्रहरीको समितिले पनि विभागीय हिसाबले अनुसन्धान गरिरहेको छ ।

सशस्त्रकै कर्मचारीको संलग्नता देखिएपछि उनीहरूमाथिको विभागीय अनुसन्धान कुरिरहेको नेपाल प्रहरी मधेश प्रदेशका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले बताए ।

‘अहिले सशस्त्रले अनुसन्धान गरिरहेको छ । विभागभित्रको कुरा आएपछि प्रहरीले अनुसन्धान गर्छ,’ एसपी तिम्सिनाले भने ।

प्रहरीले आफ्नो तर्फबाट पनि अनुसन्धान गरिरहेको तर सशस्त्रको सबै अनुसन्धान आएपछि अन्य कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

यता सशस्त्रले विभागीय कर्मचारीकै संलग्नता देखिएकाले प्रहरी अनुसन्धानलाई सघाउने गरी समिति गठन गरेको बताएको छ । 

‘हामीले छानबिन अगाडि बढाएका छौं । त्यसलाई गठित समितिले गम्भीरतापूर्वक छानबिन र विभागीय अनुसन्धान गर्छ र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छ,’ सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले भने ।

दशैंको अर्को दिन (असोज २० गते) सशस्त्र प्रहरी बल छिन्नमस्ता बीओपीका असई सत्यनारायण यादवको नेपाल–भारत सीमा क्षेत्रबाट ३ किलोमिटर पर बिहारको मधुवनी जिल्लास्थित घोडदह खोलामा नग्न अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले उनको हत्यामा संलग्न भएको भन्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार सीमा नाकामा हुने तस्करी रोक्न यादव सक्रिय भएपछि उनीसँग सहकर्मीले दुस्मनी साँधेको हुनसक्ने देखिएको छ । 

यादवको हत्या युवती प्रयोग गरेर गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूले यादवले एक युवतीलाई मोटरसाइकलमा राखेर भारततर्फ गएको देखेको प्रहरीलाई बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x