×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रहरी महानिरीक्षकको गुनासो : आफ्नै भवनबाट सेवा दिन पाइएन

असोज ३१, २०७९

NTC
Premier Steels

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमवार ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । 

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण सहभागी कार्यक्रममा महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझै पनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराई प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे । उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाइहरूमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्र्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गत वर्ष आम नागरिकबाट १९१ रोपनीभन्दा बढी जग्गा प्राप्त गरेका छौँ । सबै प्रहरी इकाइले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्, अहिले पनि धेरै प्रहरी कार्यालय, ब्यारेक भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएकाले आम नागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि गृह मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको छु । कुल ३२ सय बढी प्रहरी इकाइहरुमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो’, महानिरीक्षक सिंहले भने । 


Advertisment
Nabil box
Kumari

उनले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिव २६ लाखभन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताए । महानिरीक्षक सिंहले आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको पनि बताए । उनले संगठित अपराध (कर्तव्यज्यान) लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको बताए । 

Vianet communication

महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा भने केही बढोत्तरी भएको उल्लेख गरे । आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरू पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने साहसका लागि सक्षम भएको विश्लेषण गरेको बताए । 

उनले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको बताए । महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानूनी दायरामा ल्याएको बताए । उनले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठूलो परिणममा बरामद भएको हिरोइन रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्षको राजस्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताए । उनले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x