×

NMB BANK
NIC ASIA

प्रहरी महानिरीक्षक सिंहको निर्देशन : अपराधिक क्रियाकलापविरुद्ध निर्मम हुनुहोस्

कात्तिक ६, २०७९

NTC
Premier Steels

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आइतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

Muktinath Bank

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । प्रहरी महानिरीक्षक सिंहले प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिए । उनले गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कानूनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु । गैरकानूनी तथा अपराधिक क्रियाकलापविरुद्ध थप निर्मम हुन पनि निर्देशन गर्न चाहन्छु । तपाईंले कर्तव्य निर्वाहको क्रममा असल नियतले गरेका हर कानूनसम्मत निर्णयमा संगठन तपाईंका पक्षमा उभिनेछ । यसका लागि म प्रतिबद्धता पनि व्यक्त गर्दछु’, महानिरीक्षक सिंहले भने, ‘तपाईंले कार्यक्षेत्रमा पाइला राख्दै गर्दा मुलुक निर्वाचनमय भइसकेको छ । निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । तपाईहरु वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा खटिने मौका प्राप्त गरिसक्नुभएको छ । आगामी निर्वाचनमा पनि आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष, त्रुटिरहित तवरले सम्पन्न गर्न यसै अवसरमा निर्देशन गर्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे । यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । महानिरीक्षक सिंहले चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पारे । 

Vianet communication

‘नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग हो । यो तालिमले तपाईंलाई नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठीन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको मैले विश्वास गरेको छु । चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्वन गर्दै आएको महत्वपूर्ण प्रोफेसनल कल्चर हो’, सिंहले भने, ‘हाम्रा हरेक कार्यशैली यसको परिधिभन्दा बाहिर जान सक्दैनन् । यो कल्चरको प्रवद्र्धन गरी अक्षुण राख्नु हामी सबैको कर्तव्य हो । चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर छ । व्यवसायिकता, उत्कृष्टता, निष्ठा र इमान्दारीको उच्चतम स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न म निर्देशन गर्न चाहन्छु ।’

उनले प्रविधिजन्य समस्याहरु समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे । महानिरीक्षक सिंहले साइबर क्राइम, क्रिप्टो करेन्सीलगायत आर्थिक अपराधहरू बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन दिए । अपराधमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व बहन गर्न उनले प्रहरीलाई आग्रह गरे । 

महानिरीक्षक सिंहले प्रहरीले नागरिकको जायज र कानूनसम्मत अपेक्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उनले आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x