×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्रत्यक्षमा हाम्रा सबैले जित्छन्, समानुपातिकमा १५–२० सीट थप्छौं– माधव नेपाल [अन्तर्वार्ता]

‘सबै वामशक्तिलाई एकताबद्ध गर्न खोज्दैछौं, एमाले पनि त्यसमा आउनुपर्‍यो नि’

कात्तिक २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री तथा सत्तारूढ गठबन्धन साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । 

Muktinath Bank

अहिले उनी आफ्नो क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी मत माग्नका लागि घरदैलोमा व्यस्त छन् । घरदैलोकै क्रममा नेपाल शनिवार यमुनामाई गाउँपालिका वडा नम्बर–४ सरुअठ्ठामा रहेको ताज मोहम्मदको घरमा आयोजित कार्यक्रममा भेटिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैक्रममा केही समय लिएर​ लोकान्तरकर्मी विन्देश दहाल र अजयअनुरागीले नेता नेपालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

तपाईं त काठमाडौंबाट चुनाव लड्ने चर्चा थियो, तर रौतहट नै रोज्नुभयो, किन ?

Vianet communication
Laxmi Bank

– मैले तीन ठाउँमा लडेर चुनाव जित्दै आएको हुँ । रौतहटको १ र ४ अनि काठमाडौंको पनि निर्वाचन क्षेत्रमा मैले लडेको हो । तर संविधान जारी भइसकेपछि एकजना उम्मेदवार एक ठाउँबाट मात्र उठ्न पाइन्छ ।

एक ठाउँबाट मात्र उठ्न पाइने भएपछि सबैले रौतहटमा आएर चुनाव लड्नुस् भनेर आग्रह गर्नुभयो । अझ, क्षेत्र नम्बर १ मै आउनुस् भन्नुभयो । अनि यो पनि जन्मभूमि पनि, कर्मभूमि पनि भएकाले जिल्लासँग मेरो सम्बन्ध छ । यही नाताले मैले यहाँको निर्वाचन क्षेत्र रोजें । 

यो क्षेत्र रोजिसकेपछि अहिले चुनावी अभियान राम्रो हुँदैछ । माथिबाट (प्रतिनिधिसभामा) म उठेको छु अनि प्रदेशमा नेपाली कांग्रेसका दुईजना उठ्नुभएको छ । गाउँगाउँमा अभियान चलिरहेको छ ।

सबै ठाउँमा रेस्पोन्स निकै राम्रो आइरहेको छ । जनतामा राम्रो उत्साह छ । जनताको ठूलो माया र विश्वास हुने आशा र अपेक्षा गरेको छु । बूढापाकादेखि महिला अनि नौजवानदेखि लिएर व्यापारीहरूसम्म अनि गठबन्धनबाहेकका अरू पार्टीका मान्छेहरूले पनि हामीलाई साथ दिनुहुन्छ भन्ने आशा गरेका छौं । 

देशैभरिमा तपाईंको पार्टीले कति सीट जित्ने अनुमान गर्नुभएको छ ?

– हामीले प्रत्यक्षमा जति ठाउँमा उम्मेदवार उठाएका छौं, ती सबै ठाउँमा जित्छौं भन्ने हामीलाई विश्वास छ । समानुपातिकको कुरा गर्दा, मत कति आउँछ त्यसले तय गर्छ । हामीले स्थानीय तहमा साढे ९ लाख मत पाएका थियौं भने कमसेकम २७ प्रतिशत उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गरेका थियौं । त्यतिखेर हामीले जोड्दाखेरी, पालिकामा पाएको मत त्यसैमा जोडेका थियौं । त्यतिखेर हामीले सबैतिर उम्मेदवार उठाएको भए अहिलेको भन्दा दुईतीन गुणा बढी मत ल्याउने रहेछौं । हामीले कम्तीमा पनि २० लाख मत ल्याएछौं भने पनि १५–२० सीट थपिन सक्नेछ । त्यो थपिनेबित्तिकै हामी संसदमा चौथो शक्तिका रूपमा उभिनेछौं ।

तपाईं गठबन्धनको नेता हुनुहुन्छ । तर तपाईंकै पार्टीका कार्यकर्ताले गठबन्धन साझेदार कांग्रेसबाट मत नआउने हो कि भनेर शंका गरेको हामीले पायौं । तपाईंलाई कांग्रेसको मत आउला जस्तो लाग्छ ?

– मैले यस जिल्लामा त्यो समस्या देखेको छैन । कुनै जिल्लामा त्यस्तो समस्या छ भने त्यहाँका पार्टीका नेताहरूलाई हामीले भन्नुपर्छ । ताकेता गर्नुपर्छ । यो एकअर्कामाथि आशंका र अविश्वास पैदा गर्ने कोशिश पनि हुन सक्दछ । हामीले यथार्थ बुझ्नुपर्दछ र त्यही आधारमा अघि बढ्नुपर्दछ । 

गठबन्धनमा चित्त नबुझाएर कतिपय ठाउँमा बागी उम्मेदवारहरू उठ्नुभएको छ । त्यसले पनि त तपाईंहरूलाई गाह्रो पार्न सक्छ होला नि !

– हो, कतिपय स्थानमा त्यस्तो समस्या परिरहेको छ । अन्तिम समयसम्म उहाँहरूलाई फकाउन हामी कोशिश गरिरहन्छौं । 

चुनावपछिको प्रधानमन्त्री तपाईं हो ?

– (हाँस्दै) प्रधानमन्त्री को हुनेछ कसैले भन्न सक्दैन । प्रधानमन्त्री पछि चयन गर्छौं । प्रधानमन्त्रीको लागि काबिल मान्छे को छ त्यसैको आधारमा तय हुन्छ । 

प्रधानमन्त्री पदमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले दाबी गरिरहनुभएको छ । तपाईंले यसरी सार्वजनिक रूपमा बोल्नुभएको छैन । हैसियत नपुगेर हो ?

– मेरो हैसियत सबैलाई थाहा छँदैछ क्यार । दुईदुईपटक मुलुक चलाएको व्यक्ति हुँ ः एकपटक उपप्रधानमन्त्रीका रूपमा, एकपटक प्रधानमन्त्रीका रूपमा । मबाट यो मुलुकले कति पायो भन्ने कुरा मैले हैन, मुलुक र जनताले भन्ने हो । मेरो धेरै बोल्ने बानी छैन, काम गर्ने बानी छ । न्युजमा कसरी आउने भन्ने बानी छैन । जसले भूमिका खेलेको छ, त्यसलाई मान्छेले सम्झना गर्छन् । त्यो दाबेदार हुन्छ नै । सबैलाई थाहा छ, गिरिजाबाबुलाई प्रधानमन्त्री मैले बनाएको थिएँ । त्यसपछि गिरिजाबाबुले मलाई प्रधानमन्त्री बनाएकै हो । 

प्रचण्डले मैले प्रधानमन्त्री बनाएको भन्नुहुन्छ नि !

– हैन, प्रचण्डजीले मलाई सांसद बनाउनुभएको हो । उहाँले त पहिला मलाई अस्वीकारै गरेको हो । पछि गएर हाम्रो सम्बन्ध सुध्रिँदै गयो । उहाँको ठूलो समस्यालाई मैले नै समाधान गरें । सबभन्दा ठूलो कुरा के भने आफ्नो खुट्टामा उभिने हो, आफ्नो शक्ति तयार पार्ने हो । शक्ति तयार भएको छ भने, आँट छ भने, खुबी र क्षमता छ भने, समयको माग छ भने स्वाभाविक रूपमा कसैले रोकेर छेकेर त्यो छेकिनेवाला छैन । 

भनेपछि गठबन्धनमा अहिले पावर शेयरिङको कुरा केही भएको छैन ? 

– केही भएको छैन । 

राष्ट्रपति पद झलनाथ खनाललाई देलान् भनेर कतिपयले आकलन गरेका छन् नि ! 

– हामीले अहिले त्यसबारेमा पनि छलफल गरेका छैनौं । राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानमन्त्रीका कुरा आउलान् । ती विभिन्नको बारेमा अहिले छलफल गर्ने बेला हैन, पछि हामी छलफल गर्नेछौं ।

हामी यस क्षेत्रमा घुम्दा पूर्वप्रधानमन्त्री भइसकेको मान्छेको क्षेत्रमा खासै विकास भएन भन्ने प्रतिक्रिया आयो । तपाईंका प्रतिद्वन्द्वी उम्मेदवार अजय गुप्ताले तपाईंलाई २०७० सालमा कडा टक्कर दिनुभएको थियो । अहिले पनि तपाईंले विकासै गर्नुभएको छैन, अप्ठ्यारोमा पर्नुहुन्छ भनिरहेका छन्, के भन्नुहुन्छ ?

– उहाँ आफू मेयर हुँदा गरेको भ्रष्टाचार छ नि । भ्रष्टाचार गरेकै कारण उहाँ मेयरमा हारेको हो । एउटा मेयरमा त पछारिने मान्छेले सक्ला मुकाबला गर्न ? आशै नगरे हुन्छ किनभने यहाँ एमालेको संगठनै छैन । उहाँ कुन पार्टीको हो कसैलाई थाहै छैन । उहाँ आयाराम गयाराम हो । त्यस्तो मान्छेलाई कसले पत्याउने ? उहाँको आफ्नो कुनै पार्टी नै छैन, धरातलै छैन, खाली पैसा कमाउने ध्यान मात्र छ, केही पनि विकासको काम गरेकै छैन ।    

मैले त्यत्रो साढे ७ करोड रुपैयाँ पठाएको छु । २०० करोडको बाटोको योजना मैले बनाएको छु । बाटोमा कति अनुगमन गर्नुभएको छ ? कामको क्वालिटी हेरौं । 

अहिले उहाँको घर बाँचेको छ । वाग्मतीमा तटबन्ध मैले नबनाएको भए उहाँको परिवार सुरक्षित हुन्थ्यो ? गौर–चन्द्रनिगाहपुर सडकको योजना मैले नबनाएको भए उहाँ अहिले मुख देखाएर हिँड्न सक्ने अवस्थामा हुनुहुन्थ्यो ? यस क्षेत्रमा यति धेरै बाटो पिच भएको छ, त्यो कसको योगदान हो, सोध्नुस् । अनि यत्राविधि विद्यालयका भवनहरू बनाइएका छन्, पुलहरू बनाइएका छन्– यी सबै कसले गरेको हो ? गौर हस्पिटलको त्यत्रो शानदार भवन कसले निर्माण गरेको हो ? 

तर वीरेन्द्र मलिक, लक्ष्मीनारायण लगायतले गरेको कामको जस तपार्ईंले लिनुभएको भन्ने प्रतिक्रिया आयो त ।

– ती सबैको नेता म हुँ । वीरेन्द्र मलिक मेरो सहयोगी हो । उनीहरूले मेरो अन्तर्गत रहेर काम गरेको हो । मैले रौतहट विकास गुठी बनाएको हो । त्यस गुठीका लागि विभिन्न देशबाट आर्थिक सहयोग मैले ल्याएको हो । यस्तोमा मेरो नाम वीरेन्द्र मलिकको नामसँग जोड्न मिल्छ ?

देउवा, प्रचण्ड, केपी ओलीले आ–आफ्नो क्षेत्रमा विकास गर्नुभयो तर तपाईंले गर्नुभएको छैन भनी आरोप लगाइरहेका छन् । त्यस्तो हैन त्यसो भए ?

– प्रचण्डजीको अनुकूलता के थियो भने मेयर उहाँको आफ्नै छोरी । यहाँ पनि हाम्रो मेयर भइदिएको भए शानदार गरिन्थ्यो । कलाकुञ्ज विद्यालयका लागि पटक-पटक पठाएको पैसाको तपाईं छानबिन गर्नुस् त अहिले । त्यत्रो राइसमिलको जग्गालाई अधिग्रहण गरेकोमा भित्रभित्रै पैसा खान खोजेको, त्यसको छानबिन हुन्छ नि भोलि । 

तपाईं आफैं पढ्नुभएको जुद्ध माविको होस्टल शिलान्यास गर्नुभएको थियो, अहिलेसम्म बनेन भनिँदैछ त । 

– बनेको घरको भवन बिगार्ने को ? ठेकेदार त उनीहरू नै हुन् । तिनीहरूले ठेक्काबाट सबै पैसा खाएर कामै गरेनन् ।  

अनि एउटा पुलको पनि शिलान्यास गर्नुभएको, त्यो पनि बनेन रे !

– पुल बन्यो । नदीले पछि कोर्स चेन्ज गर्‍यो । पछि केपी ओलीले हुन दिएनन् । त्यसपछि अहिले फेरि टेन्डर प्रक्रियामा गइसकेको छ । 

यहाँहरूको पार्टीको एकता प्रक्रिया चुनावपछि के हुने हो ? माओवादीसँग कि एमालेसँग एकता होला ?

– म सिंगो वाम शक्तिलाई एकताबद्ध गर्न चाहन्छु, सानो दायरामा हैन । एक वा दुई वर्ष हैन, भविष्यसम्मको कुरा सोच्छौं । कम्युनिस्ट पार्टीमा राष्ट्रिय जनमोर्चा किन अलग रहने, जोशीजी किन अलग रहने, प्रचण्डजी किन अलग रहने, मोहन वैद्यजी किन अलग रहने ? ती जम्मै पार्टीलाई मिलाउने काममा मेरो भूमिका रहन्छ । 

एमालेसँग नमिल्ने ?

– ऊ आउनुपर्‍यो नि । आउनुपरेन ? चाहना हुनुपर्‍यो नि पहिले । विचार मिल्नुपर्‍यो, सिद्धान्त मिल्नुपर्‍यो, संगठनात्मक सिद्धान्तको मान्यतामा एक हुनुपर्‍यो, सबै हिसाबले सँगै जाने चाहना र भावना हुनुपर्‍यो ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x