×

NMB BANK
NIC ASIA

शंकर पोखरेलको सङ्कल्पपत्र सार्वजनिक

कात्तिक २२, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) दाङ क्षेत्र नं २ ले आसन्न मङ्सिर ४ गतेको निर्वाचन लक्षित चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । एमाले दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार शङ्कर पोखरेल,  प्रदेशसभा सदस्यतर्फ २ (१) का उम्मेदवार बलिभद्र राना र २ (२) का उम्मेदवार गिरीराज केसीले आज घोराहीमा संयुक्तरूपमा सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्।

Muktinath Bank

“हामी बनाउँछौँ हाम्रो दाङ, गर्छौँ सूर्यमा मतदान’ भन्ने नाराका साथ सङ्कल्पपत्र सार्वजनिक गरिएको हो । आगामी पाँच वर्षभित्रमा समृद्ध दाङ निर्माणका लागि मुख्य गरी २३ बुँदामा सङ्कल्प तयार पारिएको छ । कूल २८ पृष्ठको पत्रमा प्रदेश राजधानी कार्यान्वयनदेखि नागरिकको जीवन सुधारका कुरालाई मुख्यरूपमा समेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङ प्रादेशिक राजधानी कार्यान्वयन, हामी बनाउँछौँ हाम्रो दाङ, समृद्ध दाङ एमाले अभियान, भौतिक पूर्वाधार दाङ समृद्धिको आधारअन्तर्गत डोल्पासम्मको सडक विस्तार र दाङका सबै सडकको स्तरोन्नति, सहरीकरण बस्ती विकास, समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन आर्थिक विकासको प्रवद्र्धन, सबैका लागि गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा दङ्गाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना, निरोगी हुने जनताको चाहना अनुरुप आधार स्वास्थ्य सेवाको ग्यारेन्टी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कृषिमा यान्त्रिकीकरण सिँचाइ, समयमा मल बीउ र किसानलाई प्रोत्साहन गर्न कृषि र पशुपालन जीवनस्तर, आन्दोलन र औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्रको विकास स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, खेतीयोग्य जमिनमा पाँच वर्षभित्र सबैलाई विद्युत् र खानेपानीमा पहुँच पु¥याउन विद्युत्, जलस्रोत र खानेपानी स्वास्थ्य र समृद्ध जिन्दगी, वनको संरक्षण गरी काष्ठ र जडीबुटी उत्पादन गर्न जडीबुटी वन र वातावरण  समुन्नत र दीगो पर्यावरण, भूउपयोग नीति तयार पार्दै भूउपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार स्थापित गर्न स्वरोजगारी सिर्जना गरी सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइने सङ्कल्पपत्रमा उल्लेख छ ।

Vianet communication

युवा खेलकुदको विकास गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न खेलकुद पूर्वाधार समयमै सम्पन्न गर्ने, युवा स्वरोजगार र सूचना केन्द्र स्थापना गरिने, ज्येष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्तामा वृद्धि, दाङका महिला विकासमा पहिला भन्ने नारा सार्थक बनाउन महिला हिंसामा शून्य सहनशीलता अपनाइने पनि सङ्कल्पपत्रमा उल्लेख  गरिएको छ । 

बालबालिकाको चौतर्फी विकासका लागि बालअधिकार ग्यारेन्टी, दलित तथा जनजातिको परम्परागत सिपको विकासको आधुनिकीकरण र परिचालनका लागि हेपिएकालाई मान तथा दलित जनजातिलाई सम्मान, अपाङ्गमैत्री संरचना निर्माण र रोजगारी प्रवद्र्धन गरिने, भूमिहीन सुकुम्वासीहरुको वर्षांैदेखिको सपना पूरा गर्न आगामी दुई वर्षभित्रमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

सूचना तथा सञ्चारमा सबै विद्यालयमा इन्टरनेट सुविधासहितको शिक्षा, भ्रष्टाचारमुक्त प्रशासन बनाउन चुस्त, जवाफदेही र पारदर्शी जवाफदेही प्रशासनमा जोड दिइएको छ । कला, साहित्य सङगीतको उन्नयनका लागि संरक्षण र प्रवद्र्धन गरिने, नागरिकको सुरक्षित जीवनका लागि सुरक्षित बस्ती विपद् जोखिम न्यूनीकरणका काम गरिने उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x