०३ साउन २०८३, आइतबार

जब अवतरण हुनै लागेको विमानमा गोली हानियो...

कात्तिक २५, २०७९
जब अवतरण हुनै लागेको विमानमा गोली हानियो...

जोर्डनबाट लेबनान जाँदै गरेको मिडल इस्ट एयरलाइन्सको यात्रुवाहक विमानमा राजधानी बेरुतमा अवतरण गर्ने क्रममा गोली प्रहार भएको छ । 

विमानमा गोली लागेको घटनाका तस्वीरहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

सुखद् कुरा के भो भने यस घटनामा कोही पनि घाइते भएनन् ।

रोयटर्सका अनुसार घटना बिहीवार भएको हो।  

लेबनानमा उत्सवको समयमा  फायरिङ गर्नु सामान्य मानिन्छ ।

सोही फायरिङका क्रममा उडिरहेको विमानमा गोली लागेको हो । जुन घटना पहिलो पटक भएको बताइएको छ ।

यो घटना हुँदा लेबनानी सांसद पाउला याकुबियन सोही फ्लाइटमा थिइन् । 

आफ्नो ट्वीटरमा उनले विमान खसालेको तस्विर शेयर गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्