
आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को रिलिज मिति घोषणा गरिएको छ ।
निर्देशक करण जोहरले फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को रिलिज मिति एकदमै फरक ढंगले घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन् ।
'रकी और रानी की प्रेम कहानी' २८ अप्रिल २०२३ मा सिनेमाघरमा आउनेछ ।