
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै कलाकारहरूलाई पनि चुनावी माहोलले छोएको छ ।
कतिपय कलाकारहरू उम्मेद्वार बनेर घरदैलो अभियानमा व्यस्त छन् भने कतिपय कलाकारहरू मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै चुनावी कार्यक्रममा सहभागी हुन थालेका छन् ।
यस्तैमा, अभिनेत्री वर्षा सिवाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् ।
केही साता फेसबुकबाट ‘गायब’ भएकी यी अभिनेत्रीले युवाहरूलाई समर्थन गर्दै गौतमलाई भोट मागेकी हुन् ।
शनिबार चुनावी घरदैलोका क्रममा वर्षाले सोवितालाई घण्टी उपहार समेत दिएकी छिन् ।
रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी हो ।
अभिनेत्री वर्षाले सोवितासँगका केही तस्वीरहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छिन् । यसअघि मोडल उषा उप्रेतीले पनि सोवितालाई भोट मागेकी छिन् ।

