×

NMB BANK
NIC ASIA

एक बोरा मलको साटो अब एक बोतल 'झोल युरिया', सीजी एग्रोले बजारमा ल्यायो

कात्तिक २७, २०७९

NTC
Premier Steels

चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले नानो युरिया झोल मलको बिक्री वितरण शुरू गरेको छ ।

Muktinath Bank

कम्पनीले आइतवार एक कार्यक्रम आयोजना गरि नानो युरिया झोल मलको बिक्री शुरू गरिएको जानकारी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा भारतका पूर्व केन्द्रीय रेलवे मन्त्री सुरेस प्रभु तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपाली बजारमा भित्रिएको घोषणा गरे ।


Advertisment
Nabil box
Kumari

कम्पनीले हाल नेपालमा कृषि उत्पादन बढाउन माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन कृषिमा लागत घटाउन यो मल उपयुक्त हुने दाबी गरेको छ। 

Vianet communication

भारतको इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ लिमिटेडसँग मिलेर सीजी एग्रोले युरिया झोल मल नेपालमा ल्याएको हो । 

मलको नाम सीजी–आईएफएफसीओ राखिएको छ । 

यो युरिया झोल मल अन्नवाली,  दाल, तरकारी लगायतमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । 

यस मलले परम्परागत रासायनिक मलको मात्रा घटाउने कम्पनीले जनाएको छ  । 

यस मलले विरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्दछ । 

यो मल बालीको पात वा बोटविरुवामा छर्किएर प्रयोग गरिन्छ। 

यस झोल मलले परम्परागत रसायनिक युरियाको तुलनामा माग आधाले घटाउने कम्पनीको दाबी छ । 

'१ बोरा परम्परागत युरिया ५०० मि. लि. नानो युरिया बराबर हुन्छ,' कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

कसरी प्रयोग गर्ने ?

१ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ | 

राम्रो परिणामको लागि बालीनाली लगाएको ३० देखि ३५ दिन पछि र फूल फुल्ने एक हप्ता अघि दुई पटक छर्किनु पर्दछ । 

कम्पनीका अनुसार, यो मल प्रयोग गर्नु अघि बोतल राम्रोसँग हल्लाउनु पर्छ ।

मललाई बालबालिका र जनावरहरूको पहुँचबाट टाढा राख्नुपर्छ साथै छर्कदा मास्क र पञ्जा लगाउनुपर्छ ।

यसलाई सामान्य तापक्रममा भन्डारण गर्न सकिने  कम्पनीले जनाएको छ ।

सामान्यतया ५०० मि. लि. नानो युरिया एक एकड क्षेत्रमा स्पेयर, ड्रोन, पावर स्प्रेयर आदिमार्फत स्पेर गर्ने पर्याप्त हुने कम्पनीको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x