मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मंसिर १, २०७९
चुनावी महोत्सवमा सुनसरी–४ को चुनावी प्रतिस्पर्धाले पनि चर्चा पाइरहेको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार रहेको क्षेत्र हो सुनसरी–४ । कार्की सत्तारूढ गठबन्धन दलका साझा उम्मेदवार हुन् ।
उनीसँगको प्रतिस्पर्धामा एमालेले शेरधन राई नेतृत्वको प्रदेश सरकारमा वन, वातावरण तथा पर्यटन मन्त्री रहेका जगदिशप्रसाद कुसियैतलाई उम्मेदवार बनाएको छ ।
तीन पटक हारेका र एक पटक चुनाव जितेका कार्की दोस्रोपटक जित्ने लक्ष्यमा छन् । २०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए ।
०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यतिबेला भोजपुरमा दुईवटा निर्वाचन क्षेत्र थिए ।
पहिलो संविधानसभामाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यसबेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यसबेला कार्की माओवादीका पदम राईसँग २ हजार २१४ मतको फराकिलो अन्तरले चुनाव हारेका थिए । २०७० को चुनाव भने उनले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन् र समानुपातिकतर्फको उम्मेदवार भए ।
पूर्वी पहाडमा लिम्बु समुदायमा एउटा भनाई छ– तीन पटकमा त राँगा पनि छिन्छ । तर, कार्कीका लागि त्यसबेला यो उक्ति चरितार्थ भएन । तेस्रो प्रयासमा पनि उनले चुनाव जित्न सकेनन् ।
भोजपुरमा केहीगरी चुनाव जित्न नसकेपछि कार्कीले गिरिजाप्रसाद कोइरालाले चुनाव जित्ने गरेको क्षेत्र सुनसरी– ४ मा कार्कीको आँखा पर्याे ।
सुनसरी–४ कोइरालाले निरन्तर चुनाव जितेको क्षेत्र हो । २०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन नेता उपेन्द्र यादव उम्मेदवार थिए । कांग्रेसका डाक्टर खलि आजाद साहले यादवलाई भारी मतले पराजित गरे ।
०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग जगदीश कुसियैत पराजित भएका थिए । २०५३ सालको उपनिर्वाचनमा यो क्षेत्र बाट कुसियैत निर्वाचित भएका थिए । त्यसबेला काँग्रेसका हरि सापकोटा पराजित गर्दै कुसियैत काँग्रेसको किल्ला तोडेर लाल किल्ला बनाएका थिए । त्यति बेला सापकोटा राज्यमन्त्री थिए ।
०५६ सालमा एमालेले महबुब अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालाले जितेका थिए । संविधानसभाको पहिलो निर्वाचनमा यो क्षेत्र बाट तत्कालीन मधेसी जनअधिकार फोरम हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए ।
एमालेबाट महबुब अन्सारी र गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला पराजित भए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उपेन्द्र नै यो क्षेत्रबाट निर्वाचित भएका थिए । ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा समेत सुनसरी–४ मा कांग्रेसले आफ्नो गुमेको विरासत फर्काएको थियो । सुनसरीमा रहेको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सुनसरी–१ मात्रै बाम गठबन्धनले जितेको थियो ।
२०७४ को चुनावमा ज्ञानेन्द्रले एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै पहिलो पटक संसद छिरेका थिए । त्यही चुनाव जितेको बलमा उनी अहिले मन्त्री छन् ।
अघिल्लो चुनावमा एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएका थिए ।
अहिलेको चुनावमा उम्मेदवार रहेका एमाले नेता कुसियैतले एकपटक संघ र एकपटक प्रदेश सभामा चुनाव जितेका छन् ।
चुनावी मैदानमा रहेका संघीय सरकारका बाहलवाला मन्त्री कार्की र प्रदेश–१ मा पूर्व मन्त्री कुसियैत अहिले आफ्ना कामको प्रचारमा व्यस्त छन् ।
दुवै उम्मेदवारले आफ्नो कामको आधारमा मतदाताले आफूलाई चुनाव जिताउने दावी गर्दै आएका छन् । आफूले अहिलेसम्म गरेको काम नै आफ्नो चुनाव जित्ने आधार रहेको कार्कीले बताए ।
४ वर्षमा १० अर्बभन्दा बढी योजना निर्वाचन क्षेत्रमा ल्याएको उनले बताए । अघिल्लो चुनावमा कार्कीलाई पर्यटक उम्मेदवारको आरोप लाग्दा पनि नतिजा आफ्नो पक्षमा पारेका थिए ।
एमालेका उम्मेदवार कुसियैत भने आफू स्थानीय उम्मेदवार भएकाले चुनाव जित्नेमा ढुक्क रहेको उनले बताए । प्रदेश सरकारमा मन्त्री भएको बेला गरेका कामका आधारमा मतदाताले मत दिने उनी बताउँछन् ।
‘विकासका मोडल देखेर मतदाताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु’, उनले भने, ‘मलाई यहाँको माटोले, भूगोलले पनि चिनेको छ ।’
रामधुनी नगरपालिकाको वडा नम्बर–४, बराह नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० र ११, इनरूवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८, भोक्राहा र कोशी गाउँपालिका सबै वडा तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा सुनसरी क्षेत्र नम्बर–४ मा पर्छन् ।
यस्तो छ स्थानीय तह निर्वाचनको मत
सुनसरी–४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । त्यहाँ काँग्रेसले २८ हजार ७५६ मत पाएको छ ।
यस्तै, एमाले २३ हजार ६१३, जसपाले ९ हजार ८६३, नेकपा एसले ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।
स्थानीय तह निर्वाचनको मतको आधारमा सञ्चार मन्त्री कार्कीको पक्षमा ३७ हजार ६०६ मत देखिन्छ भने एमाले र जसपाका उम्मेदवार कुसियैतको पक्षमा ३३ हजार ४७६ देखिन्छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...