३० असार २०८३, मंगलबार

जीप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते

जीप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला सदरमुकाम खलङ्गाबाट तिला गाउँपालिका- ४ ताम्ती जाँदै गरेको जिप दुर्घटना हुँदा ताम्ती मतदान केन्द्रका मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् । 

निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुँदा  मतदान अधिकृत आदिप्रसाद न्यौपानेसहित ६ जना घाइते भएका हुन्। 

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले लोकान्तरलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्