×

NMB BANK
NIC ASIA

निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको सरकार- मन्त्री भुसाल

मंसिर १, २०७९

NTC
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएकी छन् । 

Muktinath Bank

वाम लोकतान्त्रिक गठबन्धन खोकना संयुक्त निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले आज खोकनामा आयोजनामा बहृत् चुनावीसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले प्रदेश र स्थानीय तहको समन्वयमा आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउने विश्वास दिलाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि गठबन्धनको जीत आवश्यक भएको जनाउँदै उनले भनिन्, “भाविपुस्ताको भविष्यलाई हेरेर भए पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।” जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिको रक्षाका लागि वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट परिवर्तन विरोधी शक्तिलाई पराजित गर्नुपर्ने बताइन् । 


Advertisment
Nabil box
Kumari

कृषि, जलस्रोत र पर्यटनको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको दोहो¥याउँदै उनले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले कृषि, जलस्रोत र पर्यटनको विकास गर्ने नीति कार्यक्रम ल्याउने दाबी गरिन्  । “मलाई जनताको ठूलो विश्वास छ, जनअपेक्षाअनुसार अगाडि बढ्छु”, गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन्, “जनता असहमत भएको विषयलाई मैले अगाडि बढाउने छैन ।”

Vianet communication

उनले ललिपतुरको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्दै विकास निर्माणका अभियान अघि बढाउने प्रतिबद्धता पनि जनाइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x