
कालीकोटको प्रारम्भिक मतगणनामा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीलाई एमाले उम्मेदवारले झिनो मतले पछि पारेका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । महेन्द्रलाई एमालेका नगिन्द्र शाहीले चुनौति दिइरहेका छन् । उनीहरूबीच ४ मतको अन्तर छ ।
२७१ मत गणना हुँदा अनुसार नगिन्द्रले ११८ र महेन्द्रले ११४ मत प्राप्त गरेका छन् । आइतवार सम्पन्न मतदानमा यहाँ प्रतिनिधि सभातर्फ ४६ हजार ६९९ मत खसेको थियो ।