
काठमाडौं क्षेत्र नं ७ को प्रदेश सभा (२)मा नेकपा (एमाले)का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।
गत आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेशसभा (२)को मतगणनाको अन्तिम परिणामअनुसार एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी भए ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।