०५ साउन २०८३, मंगलबार

गोकर्ण विष्टको विजयी यात्रा : पाँचौ प्रतिस्पर्धामा चौथो सफलता

मंसिर ७, २०७९
गोकर्ण विष्टको विजयी यात्रा : पाँचौ प्रतिस्पर्धामा चौथो सफलता

गुल्मी–२ बाट एमलोका सचिव गोकर्ण बिष्ट २ हजार ३४ मतको अग्रतासहित बिजयी भएका छन । 

गोकर्णले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी छन् ।  

गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए । २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी–२ बाट उम्मेदवार थिए । उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका थिए । विष्टको यस पटकको जीत २०७० यताको लगातार तेस्रो जीत हो । 

को हुन गोकर्ण बिष्ट ?

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते स्वर्गीय भिम बहादुर बिष्ट र चिन्ताकुमारी बिष्टको कोखबाट जन्मिएका हुन् । 

उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक अध्ययन गरेका छन् । बिष्टले ०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरेका थिए । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै, ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने ।  उनको नेतृत्वमा प्ररायुसंघ थप अनुशासित, जुझारु र सशक्त बन्यो । 

पार्टीको ७ औं र ८ औं महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औं महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुखमा रहेकर बिष्ट सक्रिय छन् । 

उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।  बिष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बने । 

छोटो समयमै विद्युत चुहावट नियन्त्रण,  लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तीब्र रुपमा अगाडी बढ्यो । 

पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा एमालेले सञ्चालन गरेको एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माणको काममा बिष्टको योगदान अविस्मरणीय छ । उनी ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । 

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु भएको थियो । 

अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार उनको नेतृत्वमा भएको छ ।

मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता  गरेर अर्को चमत्कारिक काम र कार्यभार पुरा गरे ।

salt training

कमेन्ट गर्नुहोस्