×

NMB BANK
NIC ASIA

गोकर्ण विष्टको विजयी यात्रा : पाँचौ प्रतिस्पर्धामा चौथो सफलता

मंसिर ७, २०७९

NTC
Premier Steels

गुल्मी–२ बाट एमलोका सचिव गोकर्ण बिष्ट २ हजार ३४ मतको अग्रतासहित बिजयी भएका छन । 

Muktinath Bank

गोकर्णले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए । २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी–२ बाट उम्मेदवार थिए । उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका थिए । विष्टको यस पटकको जीत २०७० यताको लगातार तेस्रो जीत हो । 


Advertisment
Nabil box
Kumari

को हुन गोकर्ण बिष्ट ?

Vianet communication

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते स्वर्गीय भिम बहादुर बिष्ट र चिन्ताकुमारी बिष्टको कोखबाट जन्मिएका हुन् । 

उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक अध्ययन गरेका छन् । बिष्टले ०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरेका थिए । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै, ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने ।  उनको नेतृत्वमा प्ररायुसंघ थप अनुशासित, जुझारु र सशक्त बन्यो । 

पार्टीको ७ औं र ८ औं महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औं महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुखमा रहेकर बिष्ट सक्रिय छन् । 

उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।  बिष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बने । 

छोटो समयमै विद्युत चुहावट नियन्त्रण,  लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तीब्र रुपमा अगाडी बढ्यो । 

पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा एमालेले सञ्चालन गरेको एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माणको काममा बिष्टको योगदान अविस्मरणीय छ । उनी ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । 

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु भएको थियो । 

अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार उनको नेतृत्वमा भएको छ ।

मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता  गरेर अर्को चमत्कारिक काम र कार्यभार पुरा गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x