०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

यी हुन् प्रदेश १ प्रदेश सभामा हालसम्म निर्वाचित भएका सांसदहरू

यी हुन् प्रदेश १ प्रदेश सभामा हालसम्म निर्वाचित भएका सांसदहरू

प्रदेश नम्बर १ प्रदेश सभामा १० जना निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र मध्ये १० निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आइसकेको छ ।

निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार ४ क्षेत्रमा नेपाली कांग्रेस,  एमाले ३, माओवादीका दुई र राप्रपाको एक जना उम्मेदवार प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यो समाचार तयार पार्दासम्म प्रदेशको अन्य ४६ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।   


मोरङको १२ वटा प्रदेशतर्फको निर्वाचन क्षेत्रमध्ये दुई वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजानिक भएको छ । जसमा कांग्रेस र एमाले प्रदेशतर्फ समान १÷१  क्षेत्रमा विजयी भएका छन् । 

मोरङ क्षेत्र नं. ४(१) मा  एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । कांग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिष्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् । 

यस्तै मोरङ क्षेत्र नं. ५(१) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । राप्रपाका सोनल कुमार गुप्ताले १ हजार ९ सय मत ल्याएका छन् । 

प्रदेश सभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

उदयपुर २ प्रदेश सभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उदयपुर क्षेत्र २(१) मा माओवादी केन्द्रका नारायण बुर्जा मगरले झिनो मत अन्तरले जितेका छन् । उनले एमालेका उम्मेदवार देवराज राईलाई ३५ मतले हराउँदै प्रदेश सभामा निर्वाचित भएका हुन् । मगरले ८ हजार १ सय ५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राईले ८ हजार ७० मत मात्र ल्याए । 

सोही निर्वाचन क्षेत्रको २(२) मा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्रीले १२ हजार ६ सय २७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका जीवनाथ दाहाललाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । दाहालले ९ हजार २३६ मत मात्र ल्याए । 

यस्तै ओखलढुङगा १(१) मा कांग्रेसका प्रदीप कुमार सुनवार १४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका छन्  । उनका प्रतिस्पर्धी एमालेका अम्बिरबावु गुरूङले १४ हजार ५५६ मात्र मत ल्याए । 

ओखलढुंगगाको २(१) मा माओवादी केन्द्रका बावुराम गौतमलले १५ हजार ७३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत मात्र ल्याएका छन् । 

यस्तै झापा २ को प्रदेशतर्फको दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । झापाको २( १) मा एमालेका एकराज कार्कीले फराकिलो मतअन्तरले एकीकृत समाजवादी पार्टीका उम्मेदवार पुष्पराज पोखरेललाई हराउँदै विजयी भएका हुन् । एमालेका कार्कीले १८ हजार ७३१ मत ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ६ हजार १ सय १ मत पाएका छन् । 

सोही निर्वाचन क्षेत्रको २(२) मा एमालेका तिलचन पाठकले ३० हजार १८५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र मैनालीले १६ हजार ३४५ मत ल्याएका छन् । 

यस्तै झापा क्षेत्र नं. १(१) मा कांग्रेस गोपाल तामाङले एमालेका नेता रविन कोइरालालाई ४ हजार ३८८ मतले हराउँदै प्रदेश सभामा जितेका हुन् । तामाङले २३ हजार ४५ मत ल्याएर विजयी हुँदा एमालेका कोइरालाले १८ हजार ६५७ मत पाएका छन् । 

झापाको क्षेत्र नं. १(२) मा राप्रपाकी सविना बजगाइले १३ हजार ६१२ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामविर लिम्बूले १२ हजार २२५ मत मात्र ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्