०३ साउन २०८३, आइतबार

फिल्म निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

फिल्म निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

चलचित्र निर्माता सरोज थापा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 

रोज राणा भनेर परिचित उनले दादागिरी, खल नायक, दोस्ती र डनलगायत फिल्म निर्माण गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट प्युठान प्रदेशसभा-२ बाट निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार हरिप्रसाद रिजाललाई एक हजार ७१२ मतान्तरले पराजित गर्दै राणा निर्वाचित भएका हुन् । 

उनले २२ हजार ५१९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी रिजालले २० हजार ८०७ मत ल्याएका छन् । ​नवनिर्वाचित राणाले दोस्ती, डन, म छु नि तिम्रो र टक्कर दुई मुटुकोलगायत फिल्ममा अभिनयसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्