२५ जेठ २०८३, सोमबार

रास्वपाका गणेश पौडेलसँग मतान्तर बढाउँदै एमाले उपाध्यक्ष विष्णु पौडेल

रास्वपाका गणेश पौडेलसँग मतान्तर बढाउँदै एमाले उपाध्यक्ष विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतान्तर बढाइरहेको छन् । जारी मतगणनाको अघिल्लो मतपरिणाममा  १ हजार २६१ मतको अन्तरले अग्रता कायम गरेका पौडेलले पछिल्लो मतपरिणाममा मतान्तर केही बढाएका छन् । 

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका पौडेलले निकटम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३८९ मतको अन्तर बनाएका छन् । 

जारी मतगणनको पछिल्लो विवरणअनुसार विष्णु पौडेलले २० हजार ८२० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी गणेश पौडेलले १९ हजार ४३१ मतसहित पच्छ्याइरहेका छन् । ५ दलीय गठबन्धनको समेत समर्थन पाएको जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले १७ हजार १०६ मत पाएका छन् । 

हालसम्म ६१ हजार ८४९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्