मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मंसिर १२, २०७९
मंसिर ४ मा भएको निर्वाचनको मतगणना अन्तिम चरण पुग्दै गर्दा नयाँ बन्ने सरकारको आन्तरिक गृहकार्यमा नेताहरू जुट्न थालेका छन् ।
सरकार गठनको लागि बन्न सक्ने समीकरणका विकल्पमा दलभित्र अनौपचारिक छलफल शुरू भएको छ । निर्वाचनको नतिजाले कुनै पनि दललाई बहुमत नदिएको कारण मिलिजुली सरकार बनाउनुपर्ने बाध्यतामा दलहरू छन् । तर, त्यस्तो मिलिजुली बन्ने सरकार समीकरणको रूपरेखा अझै स्पष्ट भइसकेको छैन ।
समानुपातिकतर्फको अन्तिम नतिजा आइसक्दा नेपाली कांग्रेस थोरै सीटले एमालेभन्दा ठूलो दल हुने सम्भावना देखिएको छ । तर, कांग्रेस एक्लैले सरकार बनाउने अवस्था नभएपछि अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था छ ।
संविधानको धारा–७६ मा सरकार गठनको व्यवस्था गरिएको छ । धारा–७६ को उपधारा–१ बमोजिमको सरकार गठन नहुने भएपछि उपधारा–२ अनुसार ठूलो दलले सरकार गठनको पहल लिनुपर्छ । त्यसका लागि कांग्रेसले पहिले सरकार गठनको पहल लिएर अन्य दलहरूसँग छलफल गर्नुपर्छ ।
तर, कांग्रेसको संसदीय दलको नेता को बन्ने भन्ने कुराले पनि सरकार गठनलाई केही पर धकेल्ने देखिन्छ ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको स्वभाविक दाबेदार हुन् । त्यसबाहेक, महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनाव लड्ने घोषणा गरेका छन् । नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेता बन्न लालायित छन् । संस्थापन इतर खेमाका शशांक कोइरालाले पनि साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताएका छन् । कांग्रेसको संसदीय दलको नेताको चुनाव कसले जित्छ भन्ने कुराले पनि सरकार गठनलाई असर पार्नेछ ।
सरकार गठनको लागि वर्तमान सत्तारूढ गठबन्धनकै सहज बहुमत पुग्ने देखिन्छ । गठबन्धनमा रहेका दलहरूभित्र राजनीतिक पद बाँडफाँटको विषय कसरी अगाडि बढ्छ भन्ने कुराले पनि गठबन्धन कायम रहने वा नरहने निर्क्यौल हुन्छ ।
प्रमुख राजनीतिक पदहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख पदको बाँडफाँटको विषय सरकार गठन अगाडि सबैभन्दा पेचिलो हुने देखिन्छ ।
वामपन्थी पृष्ठभूमिका राजनीतिक विश्लेषण नारायण ढकाल सकसपूर्ण तरिकाले वर्तमान गठबन्धनले नै सरकार बनाउने सम्भावना रहेको बताउँछन् । ‘अहिले गठबन्धनमा रहेका दलहरुले नै सकसपूर्ण तरिकाले सरकार बनाउने सम्भावना देखिन्छ । तर, उनीहरूको मुद्दा स्पष्ट छैन । त्यसमा पनि प्रमुख पदहरूको बाँडफाँट मुख्यरूपमा अगाडि आउँछ । त्यसलाई मूल्य र मान्यतामा आधारित बनाउन सके राम्रो हुन्थ्यो’, ढकालले भने ।
गठबन्धनमा हुने चुनावी समीक्षाले पनि यसको भविष्य निर्धारण गर्ने ढकालको मत छ । ‘गठबन्धनमा चुनावी समीक्षा होला, कसले कहाँ सहयोग, असहयोग गरेको विषय आउँलान् । अर्कोतर्फ नेताहरूले आफ्नो राजनीतिक सुरक्षामा पनि ध्यान दिन्छन्’, उनले भने ।
अर्कोतर्फ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी सहकार्यको प्रस्ताव फ्याँकेकाले त्यसलाई अन्य दलले कसरी लिन्छन् भन्ने कुराले पनि कसको र कस्तो सरकार बन्छ भन्ने स्पष्ट दृश्य आउन अझै केही समय पर्खनुपर्ने उनले बताए ।
सत्तारूढ गठबन्धनले नै सरकार बनाउने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको दाबी गर्ने सम्भावना छ ।
नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘निर्वाचनको नतिजाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउ भन्ने सन्देश दिएको छ । कांग्रेसको नेतृत्व हुने भएपछि प्रधानमन्त्री को बन्ने भन्ने अलग विषय हुुनसक्छ । तर, कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्छ’, उनले भने ।
उनी पनि राजनीतिक पद कसरी बाँडफाँट हुन्छ भन्ने कुराले सरकार गठनको विषय निक्र्यौल हुनेमा सहमत छन् । ‘फेरि पनि नेताहरूको व्यवस्थापन नै मुख्य विषय भएर आउने देखिन्छ । राजनीतिक पदहरूको बाँडफाँट कसरी हुन्छ भन्ने कुराले सरकार गठनको विषय प्रभावित हुन्छ’, उनले भने ।
सरकार गठनको लागि वामपन्थी एकताको सम्भावनालाई भने आचार्य नकार्छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली रहँदासम्म माओवादी केन्द्र र एकीकृत समाजवादीको सहकार्य एमालेसँग हुने सम्भावना नरहेको उनले बताए ।
‘केपी ओलीबाहेक एमालेका अन्य नेताहरू चुनाव अघि नै वामपन्थी एकताको पक्षमा थिए । ओली नेतृत्वमा नरहँदा अहिले पनि त्यो सम्भावना छ । तर, ओलीले माधव नेपाल र प्रचण्डसँग सहकार्य चाहँदैनन् । त्यसो हुँदा वामपन्थीहरू मिलेर सरकार बन्ने अवस्था देखिँदैन’, उनले भने ।
पद बाँडफाँटको क्रममा माओवादी केन्द्रले राष्ट्रपति लिनका लागि प्रधानमन्त्रीमा दाबी गर्ने र एकीकृत समाजवादीले उपसभामुखका लागि सभामुखमा दाबी गर्ने सम्भावना रहेको उनी बताउँछन् । कांग्रेसले राष्ट्रपतिको दाबी छाडेर सरकारको नेतृत्वमा ध्यान दिने सम्भावना आफूले देखेको आचार्यले बताए ।
यस पटककको निर्वाचनबाट माओवादी केन्द्र झण्डै आधा आकारमा खुम्चिएको भए पनि सरकार गठनको निर्णायक भूमिकामा माओवादी केन्द्र नै छ । नेपाली कांग्रेस र एमालेले मिलिजुली सरकार बनाएको अवस्थामा बाहेक माओवादी केन्द्रको उपस्थिति बिना सरकार बन्ने अवस्था देखिँदैन ।
कांग्रेस वा एमाले जुन पोलमा सरकार बन्ने अवस्था आए पनि माओवादी केन्द्रको सहभागिता अनिवार्य छ । अझै पनि सत्ताको साँचो माओवादी केन्द्रसँगै रहेको हुँदा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने सम्भावना प्रबल रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यद्यपि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अहिलेसम्म सरकार गठनका बारेमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । आइतवार प्रचण्डलाई भेट्न गएको माओवादी केन्द्रका युवा नेताहरूको एउटा समूहले माओवादी केन्द्र सत्तामा सहभागी नभएर कांग्रेस र एमालेलाई नै सरकार बनाउन दिनुपर्ने सुझाव प्रचण्डलाई दिएको थियो । केन्द्रीय सदस्य हिमाल शर्माको नेतृत्वमा प्रचण्डलाई भेट्न गएको समूहले माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल भएर रहनुपर्ने सुझाव अध्यक्षलाई दिएको उनले बताए ।
‘कांग्रेस र एमालेलाई मिलिजुली सरकार बनाउ भनेर दिनुपर्छ । त्यसो हुँदा माओवादी केन्द्र प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छ । माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने मात्रै सरकारका विषयमा सोच्नुपर्छ भन्ने सुझाव हामीले दिएका छौँ’, शर्माले भने ।
भेटमा प्रचण्डले वर्तमान गठबन्धनकै सरकार बन्ने अवस्थाको संकेत गरेको प्रचण्डलाई भेट्न गएका नेताहरू बताउँछन् । ‘उहाँले स्पष्टरूपमा त केही भन्नुभएन । तर, बडिल्याङ्वेज चाहिँ वर्तमान सत्तारूढ गठबन्धनकै सरकार बन्छ भन्ने थियो’, प्रचण्डसँग भेटेर फर्किएका एक नेताले भने ।
वामपन्थी पृष्ठभूमिका अर्का एक राजनीतिक विश्लेषक नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘गठबन्धनकै बहुमत पुग्ने अवस्था छ । वर्तमान सत्तारूढ गठबन्धनकै सरकार बन्छ । पार्टीको आकारको कारणले पनि प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्न सुहाउँदैन । कांग्रेसले दलको नेता जसलाई बनाउँछ उसकै नेतृत्वमा सरकार बन्छ ।’
गठबन्धनमा रहेका दलहरूले छाडेर जाने अवस्था नदेखिएको उनले बताए ।
‘वामपन्थीहरूको समीकरण बन्न सक्ने तार्किक सम्भावना देखिन्छ । तर, व्यवहारमा हेर्दा केपी ओली र प्रचण्डको केमिष्ट्री राम्रो छैन । उनीहरूबीच पानी बाराबारकै अवस्था छ । त्यसो हुँदा वामपन्थी खेमामा रहेका दलहरू छाडेर अर्को खेमामा जाने सम्भावना देखिँदैन’, उनले भने ।
तर, नेकपा एमालेका केही नेताहरू भने प्रचण्ड र माधव नेपाललाई सकारबाहिर राख्नका लागि कांग्रेस–एमालेको सरकार बन्नुपर्ने पक्षमा देखिएका छन् । विशेषगरी, केपी ओलीनिकट रहेका नेताहरूले यस्तो तर्क गर्न थालेका छन् । ओलीनिकट मानिने, एमाले उपमहासचिव विष्णु रिमालले कांग्रेस तयार भए एमाले सहकार्यका लागि तयार रहेको अभिव्यक्ति दिएका छन् ।
सत्तारूढ गठबन्धनकै सरकार बनेको अवस्थामा एमाले संसदको प्रमुख प्रतिपक्ष दल हुन्छ । उसले कुनै पनि राजनीतिक पद पाउने अवस्था रहँदैन । लामो समय सत्ता बाहिर बस्नुपर्ने अवस्था आउने हुँदा पनि एमालेले सरकारमा सहभागिताको सम्भावना हेर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...