चैत ९, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
विराटनगर | मंसिर १३, २०७९
प्रदेश १ प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम आइनसक्दै आगामी सरकारबारे जोडघटाउ शुरु भएको छ । ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ३ क्षेत्रको मतपरिणाम आउने क्रममा रहेको छ ।
समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रत्यक्षतर्फ मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये नेकपा एमालेले २४ सिट जित्दै ठूलो दल बनेको छ । नेपाली कांग्रेसले १५, नेकपा माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेका छन् । सत्ता गठबन्धनमा रहेका तीनवटा पार्टी मिल्दा २७ सिट रहेको छ भने एमाले–राप्रपा गठबन्धनको २६ सिट छ ।
मतगणना जारी रहेका प्रदेश सभातर्फ सुनसरी क्षेत्र नं. ३(२), क्षेत्र नं. ४(१) र ४(२) को भने परिणाम आइसकेको छैन । सुनसरी क्षेत्र नं. ३(२)मा एमालेले अग्रता लिइरहेको छ । यो समाचार तयार पार्दासम्म एमालेका रामदेव यादवले १५ हजार ३८० मत ल्याएका छन् । उनलाई काग्रेसका विन्देश्वर यादव १४ हजार ३१५ मत ल्याएर पच्छ्याइरहेका छन् ।
सुनसरी ४(१)मा कांग्रेसका सदानन्द मण्डल ११ हजार ८४१ मतसहित अग्रस्थानमा रहँदा जसपाका पर्शुराम बस्नेतले ८ हजार ९३६ मत ल्याएका छन् । ४(२)मा पनि काग्रेसले नै अग्रता लिइरहेको छ । कांग्रेसका इस्राईल मन्सुरीले ११ हजार ६०९ मत ल्याएका छन् भने एमालेका अब्बास अन्सारीले ९ हजार ८१२ मत प्राप्त गरी पच्छ्याइरहेका छन् ।
गणना जारी रहेका तीन क्षेत्रमध्ये कांग्रेसले २ र एमालेले १ सिट जित्ने संभावना छ । अग्रस्थानमै रहेका उम्मेदवारले चुनाव जिते सत्ता गठबन्धनले प्रत्यक्षमा २९ सिट पुर्याउने छ । विपक्षी गठबन्धनले २७ सिट पुर्याउनेछ ।
प्रत्यक्षको मत परिणाम टुंगो लाग्दा सत्ता गठबन्धनलाई सरकार गठनका लागि १८ सिट अपुग हुनेछ, भने एमाले–राप्रपाले २० सिट थप खोज्नुपर्ने छ ।
यस्तो हुनसक्छ समानुपातिकको हिसाब
प्रदेश १ मा १७ लाख १५ हजार ५०७ मत समानुपातिकतर्फ गणना भएको सदर मत हो । यसमध्ये एमाले धेरै मत प्राप्त गरेको छ । एमालेले हालसम्म ५ लाख ९९ हजार ९५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले १ लाख ८२ हजार ९०९ र माओवादीले १ लाख ६८ हजार ७३४ मत प्राप्त गरेको छ ।
जसपाले ५५ हजार ३१७ र नेकपा एकीकृत समाजवादीले ५० हजार ८७५ मत पाएका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६ हजार ३६ मत पाएर प्रदेशमा थ्रेस होल्ड कटाएको छ । समानुपातिकतर्फ ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ । अहिलेसम्मको परिणामले एमालेले १४, कांग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपाले १, एकीकृत समाजवादीले १ र संघीय लिम्बूवानले १ सीट पाउने देखिन्छ ।
१ सिटे जसपा र लिम्बुवान निर्णायक !
यदि समानुपातिकको यो नै अन्तिम सिट भएमा एमाले र राप्रपाको मत जोड्दा सरकार गठनका लागि जम्मा २ मत पुग्ने छैन । जसपा पनि एमालेसँग तालमेल गरेर निर्वाचनमा गएको हुनाले जसपाको समर्थन एमाले-राप्रपालाई हुने अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा लिम्बुवान सांसद सरकार गठनका लागि निर्णायक हुने देखिन्छ ।
प्रदेश १ मा संघीय लिम्बुवान सरकारमै रहेकाले उसको समर्थन सत्ता गठबन्धनलाई नै हुने अपेक्षा सत्ता गठबन्धनका नेताहरूले गरेका छन् । एमाले पनि उक्त एक सिट तान्ने दाउमा हुने छ । जसले सत्ता निर्माणको खेललाई रोचक बनाउने देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपाका मन्त्रीहरू बर्खास्त गरे पनि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने बर्खास्त नगरेको र एमालेले समर्थन गरेका जसपाका उम्मेदवार पराजय भएकाले पनि जसपाले सत्ता गठबन्धनलाई सघाउने अपेक्षा गरिएको छ । त्यस्तो अवस्थामा सरकार निर्माणको अर्को रोचक दृश्य देखिने छ । एमाले र राप्रपालाई बाहिर राखेर सरकार निर्माणको प्रयास हुनेसक्ने संभावनालाई पनि नकार्न सकिन्न । यद्यपि, प्रदेश सरकार निर्माणका लागि संघीय सरकार निर्माणका लागि बन्ने समीकरणले प्रभाव पार्ने छ । हालसम्मको अभ्यासमा प्रदेशलाई स्वायत्त नछाडिएकाले केन्द्र सरकार निर्माणका लागि बन्ने समीकरणले प्रदेश सरकारको समीकरण उलटफेर हुनसक्छ ।
प्रदेश १ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा एमाले, राप्रपा र जसपाले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावमा होमिएका थिए । सत्तारुढ गठबन्धनबाट कांग्रेसका २६, माओवादी केन्द्रका १९ र एकीकृत समाजवादीका ११ उम्मेदवार थिए भने नेकपा एमालेले झापाका २ प्रदेश सभा राप्रपालाई तथा सुनसरीको १ र मोरङको १ प्रदेश सभा जसपालाई छाडेर ५२ सीटमा उम्मेदवार उठाएको थियो । एमालेको समर्थन पाएका राप्रपाका दुवै उम्मेदवार भक्तिप्रसाद सिटौला र सविना बजगाईं विजयी भएका छन् । एमालेको समर्थन पाएका जसपाका उम्मेदवारहरू मोरङमा जयराम यादव पराजित भइसकेका छन् । सुनसरीका पर्शुराम बस्नेतको पनि मतान्तर फरक भएकाले जित्ने सम्भावना कम देखिन्छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशमा माओवादी केन्...
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...