
इजिप्टका पिरामिडहरूमा राखिएका मम्मीका कतिपय रहस्य अहिलेसम्म पनि खुलेको छैन ।
कैयौं प्राचीन मम्मीहरूमा सुनको जिभ्रो भेटिएपछि पुरातत्त्वविद्हरू आश्चर्यमा परेका छन् । जिभ्रो हुनुपर्ने ठाउँमा सुनको पात भेटिएपछि त्यसको रहस्य पत्ता लगाउन पुरातत्त्वविद्हरू लागिपरेका छन् ।
क्वेस्ना नेक्रोपोलिसमा गरिएको खोजमा सुनको जिभ्रो भएका मम्मी पत्ता लागेका हुन् । त्यहाँ भएका मम्मी ईसापूर्व ५०० वर्ष पुराना हुन् ।
सन् २०२१ को आरम्भमा पुरातत्त्वविद्हरूले एउटा खप्पर फेला पारेका थिए । त्यसको मुखमा जिभ्रो आकारको सुनको पात थियो । त्यो कुनै गहना जस्तो देखिन्थ्यो । त्यसपछि सन् २०२१ को अन्त्यमा एक पुरुष, एक महिला र एक बच्चाको मम्मीमा पनि सुनको जिभ्रो भेटिएको थियो ।
यी मम्मीहरू २५०० वर्ष पुराना हुन् ।