माघ १०, २०७९
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा माघ ४ गते बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बा...
नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्र्याई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गरिनेछ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका थिए ।
सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ ।
बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोगयोग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरण मैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ ।
त्यसैगरी व्यवहार परिवर्तनको लागि बैंकका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ । सम्झौतामा डोकोले बैकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरू ग्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ । यस सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बैंकले बताएको छ ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको शुरुवात गरेको हो । शुरुमा १७ वटा शाखाबाट शुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभरि २३३ शाखाहरू र २६९ एटिएम काउण्टरहरू रहेका छन् ।
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा माघ ४ गते बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बा...
पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले इल...
एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। आज यससम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ ला...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भ...
एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७९/८० को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विव...
हिमालयन बैंक लिमिटेडलेले ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका-१ मा रहेको माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशु...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...