०३ साउन २०८३, आइतबार

अटोमोबाइल व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

मंसिर १६, २०७९
अटोमोबाइल व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम घोषणा
फाइल तस्वीर

अटोमोबाइल व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाब दिने उद्देश्यले आफूहरूले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । उनले आफूहरूको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरू पोष्ट गरेर आन्दोलनको कार्यक्रम शुरु गरिएको र यही मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रर्दशन गर्न लागिएको बताए । नाडाले सो आन्दोलनमा साथ दिन पनि सबै उद्योगी, व्यवसायीहरूलाई आग्रह गरेको छ ।

अटोमोबाइल व्यवसायीहरूले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीहरूलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका माग राखी आन्दोलनको कार्यक्रम शुरु गरेको हो । आफूहरूको सो माग सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि नाडाका उपाध्यक्ष रिजालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्