२८ असार २०८३, आइतबार

सरकार बनाउँदा सांसद किनबेचको डर ! पूरै नतिजा नआउँदै विधायकलाई लुकाउँदै कांग्रेस

मंसिर २२, २०७९
सरकार बनाउँदा सांसद किनबेचको डर ! पूरै नतिजा नआउँदै विधायकलाई लुकाउँदै कांग्रेस
प्रतिकात्मक तस्वीर

भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ । प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ ।

बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ । चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर कांग्रेसलाई छ ।

केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) ले जेसुकै पनि गर्नसक्ने आरोप लगाउँदै कांग्रेस नेता विक्रमादित्य सिंहले विधायकलाई गोप्य ठाउँमा लुकाउन थालिएको छ । उनले भने, ‘लोकतन्त्र बचाउन कांग्रेस सबथोक गर्न तयार छ ।’

गतगणना जारी रहँदा कूल ६८ सिटमध्ये कांग्रेस ३९, भाजपा २६ र अन्य ३ सिटमा अगाडि छन् । ३५ सिट जुटाउन सक्ने दलले सरकार बनाउने भएकाले ५–५ विधायक दायाँबायाँ हुँदा कांग्रेसलाई सरकार बनाउन सकस हुन्छ । आफ्ना सांसद दायाँबायाँ हुनुअघि नै कांग्रेसले लुकाउन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्