३२ असार २०८३, बिहीबार

रघुनाथको ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’ निर्देशक गुरुङलाई

मंसिर २२, २०७९
रघुनाथको ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’ निर्देशक गुरुङलाई

दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटाको फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । बिहीवार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो । 

फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली भएपनि उनले कार्यव्यस्तताका कारण समय दिन नभ्याउने भएपछि ‘मन्त्र’का निर्देशक गुरुङलाई अनुबन्ध गरिएको हो । कोभिड्का कारण निर्धारित समयमा छायाँकनमा जान नसकिएको बताउँदै निर्माता सापकोटाले अब भने फिल्मको छायांकन सुरु गर्ने तयारीमा लागेको जानकारी दिए । आफ्नो फिल्मको निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने उनले बताए । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । 

आगामी माघबाट छायांकन सुरु गर्ने तयारी रहेको सापकोटाले बताए । फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । निर्देशक गुरुङका अनुसार सामाजिक विषयवस्तुमा आधारित भएर हास्य प्रधान फिल्म निर्माण हुनेछ । ‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटा बताउँछन् ।

सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्