×

NMB BANK
NIC ASIA

रूसी नेता पुटिन र इर्दोगानबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

मंसिर २५, २०७९

NTC
Premier Steels

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आइतबार ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ । 

Muktinath Bank

आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतङ्कवादविरुद्धको लडाइँलगायत टर्की–रूस सम्बन्धबारे छलफल भएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टर्कीको मध्यस्थतामा भएको खाद्यान्न सम्झौताले एक करोड ३० लाख टनभन्दा बढी खाद्यबस्तुलाई आवश्यक व्यक्तिहरूसम्म पुग्न सुनिश्चित गरेको छ । उनीहरू (रूसी) ले ‘खाद्यान्न करिडोरमार्फत विभिन्न खाद्य उत्पादनहरू र क्रमशः अन्य वस्तुहरूको निर्यातमा काम सुरु गर्न सक्छन्,” विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

जुलाई २२ मा, रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग छुट्टाछुट्टै रूपमा एक सम्झौतामा हस्ताक्षर गरे जुन रूस–युक्रेन द्वन्द्वको बीचमा विश्व बजारमा खाद्यान्न र मल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण बनेको छ ।

Vianet communication

अङ्काराले विश्व बजारमा पनि रूसी खाद्यान्न र मल निर्यात पुनः सुरु गर्न मार्ग प्रशस्त गर्न प्रयास गरिरहेको बताएको छ ।

टर्कीको सुरक्षा बल र कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) बीचको पछिल्लो तनावबारे पनि विस्तृत जानकारी दिँदै सिरियासँगको टर्कीको सीमाबाट ३० किलोमिटर टाढा सिरियाली कुर्दिश लडाकू फिर्ता गर्ने परिकल्पना गरिएको सन् २०१९ को सम्झौता कार्यान्वयन गर्न रुसलाई आग्रह गरेको टर्कीका राष्ट्रपतिले बताए । 

अक्टोबर २२, २०१९ मा एर्दोगान र पुटिनले रुसको सोचीमा भएको भेटवार्तामा टर्कीको सीमाबाट ३० किलोमिटर दक्षिणमा वाईपीजी लडाकुहरूलाई फिर्ता बोलाउने र टर्की र रूसी सैनिकहरूबीच संयुक्त गस्ती सुरु गर्ने विषयमा सहमति जनाएका थिए ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य ८१ जना घाइते भएपछि टर्कीले नोभेम्बर २० मा उत्तरी सिरियाको वाईपीजी र उत्तरी इराकको कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) विरुद्ध हवाई अभियान चलाएको थियो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x