०३ साउन २०८३, आइतबार

विक्की र श्रद्धाबीच ‘इन्गेजमेन्ट’

मंसिर २९, २०७९
विक्की र श्रद्धाबीच ‘इन्गेजमेन्ट’

‘कमेडी च्याम्पियन’को दोश्रो सिजनका उप–विजेता विक्की अग्रवाल र अभिनेत्री एवं उक्त शोकी मुख्य सहायक निर्देशक श्रद्धा प्रसाईँबीच इन्गेजमेन्ट् अर्थात विवाहको कुरा छिनिएको छ ।

बिहीवार राजधानीमा एक समारोहकाबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए । 

इन्गेजमेन्ट समारोहमा उनीहरुका निकट आफन्त र साथीहरू उपस्थित रहेका थिए । अभिनेत्री एवं निर्देशक दीपाश्रीले फेसबुकमा विक्की र श्रद्धाको इन्गेजमेन्टको तस्वीर राख्दै बधाई दिएकी छिन् । उनीहरुको इन्गेजमेन्ट भएपनि विवाहको मिति भने टुंगो लागिसकेको छैन । 

विक्की र श्रद्धाले हालै कमेडी शो ‘मा कसम यहाँ दुख्छ’मा सहकार्य गरेका थिए । श्रद्धाले तुलसी घिमिरेको चलचित्र ‘दर्पण छायाँ २’मा समेत अभिनय गरेकी थिइन् । विक्की ‘कमेडी च्याम्पियन’बाटै चर्चामा आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्