मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
पुस १, २०७९
विश्वका विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा अमेरिका र तिनका साझेदारका लागि पेट्रियट क्षेप्यास्त्र प्रणाली उपयोगी साबित भइरहेका छन् । शत्रुले प्रहार गरेको क्षेप्यास्त्रलाई छेक्नका लागि यो उपयोगी छ ।
युरोप, पश्चिम एसिया र प्रशान्त क्षेत्रमा इरान, सोमालिया र उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणलाई छेक्न यी क्षेप्यास्त्रहरू तैनाथ गरिएका छन् ।
अमेरिकाले पेट्रियट क्षेप्यास्त्रहरूको एक जत्था युक्रेनलाई पठाउने विषयमा सहमति भइसकेको खबर यसै साता सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आफ्ना देशको हवाई प्रतिरक्षाका लागि महिनौंदेखि यस हतियार प्रणालीको माग गरिरहेका थिए ।
अमेरिकी अधिकारीहरूले यसमा सहमति जनाएका छन् र यसको औपचारिक घोषणा छिट्टै गरिने सम्भावना छ ।
तर विज्ञहरूले यस प्रणालीको प्रभावकारिता सीमित रहेको र यसले युद्धको दिशा बदल्नका लागि कुनै योगदान नगर्ने चेतावनी दिएका छन् ।
पेट्रियट जमीनबाट आकाशमा मार हान्ने निर्देशित क्षेप्यास्त्र प्रणाली हो । सन् १९८० को दशकमा पहिलोपटक तैनाथ गरिएको यस प्रणालीले शत्रुको विमान, क्रुज क्षेप्यास्त्र र छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रलाई तारो बनाउन सक्छ ।
पेट्रियटको प्रत्येक जत्थामा ट्रकमा राखिएको प्रक्षेपण प्रणाली हुन्छ । यसका आठवटा प्रक्षेपक (लोन्चर) हरू प्रत्येकले चारवटासम्म क्षेप्यास्त्र प्रतिरोधक राख्न सक्छन् । तिनमा ग्राउन्ड रेडार, कन्ट्रोल स्टेसन र जेनेरेटर पनि राख्न मिल्छ ।
आफूसँग १६ वटा पेट्रियट बटालियन रहेको अमेरिकी सेनाको कथन छ । सन् २०१८ मा इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजको प्रतिवेदनमा उल्लेख गरिएअनुसार, ती बटालियनहरूले ५० वटा जत्था चलाउँछन् र तिनमा १२ सयभन्दा बढी क्षेप्यास्त्र प्रतिरोधकहरू छन् ।
अमेरिकी पेट्रियट जत्थाहरू संसारभरि तैनाथ गरिएका छन् । त्यसबाहेक नेदरल्यान्ड्स, जर्मनी, जापान, इजरायल, साउदी अरब लगायतका थुप्रै मुलुकले पेट्रियट क्षेप्यास्त्र प्रणाली सञ्चालन गरिरहेका वा किन्न खोजिरहेका छन् ।
सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीज (सीएसआर्ईएस) मा मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले पेट्रियट प्रणाली व्यापक रूपमा परिचालित, विश्वसनीय तथा प्रमाणित हवाई प्रतिरक्षा प्रणाली भएको दाबी गरेका छन् । युक्रेनलाई रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट प्रतिरक्षा गर्नका लागि यसले सहायता गर्ने उनको भनाइ छ ।
पेट्रियट प्रणाली र क्षेप्यास्त्रहरू समय बित्दै जाँदा परिवर्तन हुँदै गएका छन् । यस प्रणालीका लागि उपयोग गरिने गरेको प्रतिरोधक क्षेप्यास्त्रको मूल्य प्रतिराउन्ड ४० लाख डलर छ । अनि प्रत्येक प्रक्षेपकको मूल्य लगभग एक करोड डलर पर्ने सीएसआईएसले जुलाई महिनामा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
इरानबाट प्राप्त गरी रुसले युक्रेनमा प्रहार गरिरहेको सशस्त्र ड्रोन खसाउनका लागि त्यति चर्को मूल्य पर्ने पेट्रियट क्षेप्यास्त्र उपयुक्त हुँदैन ।
‘५० हजार डलर पर्ने ड्रोन खसाउन १० लाख डलर पर्ने क्षेप्यास्त्र प्रहार गर्नु घाटाको कारोबार हो,’ मरिन कोर्प्स रिजर्भका सेवानिवृत्त कर्नेल तथा सीएसआईएसका वरिष्ठ सल्लाहकार मार्क कानसियान बताउँछन् ।
पेट्रियट जत्था सञ्चालन तथा व्यवस्थापन गर्न कम्तीमा ९० जना सैनिक चाहिन्छन् । यसलाई चलाउन अनुभवी सैनिकहरू आवश्यक पर्ने हुँदा बाइडन प्रशासन यो जटिल हतियार प्रणाली युक्रेनलाई दिन हिचकिचाइरहेको थियो । आफ्ना सैनिकहरू युक्रेन पठाउन बाइडन प्रशासन इच्छुक छैन ।
त्यससँगै यस हतियार प्रणालीको तैनाथीले रुसलाई उत्तेजित बनाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । यसबाट प्रहार भएको क्षेप्यास्त्र रुसी भूमिमा खस्न पुगेमा युद्धको दायरा विस्तार हुन सक्ने पीर छ ।
बिहीवार रुसको परराष्ट्र मन्त्रालयले युक्रेनलाई अत्याधुनिक हवाई प्रतिरक्षा क्षेप्यास्त्र दिने अमेरिकाको योजना उत्तेजनात्मक कदम हुने र मस्कोले त्यसको जवाफ फर्काउने चेतावनी दिएको छ ।
तर युक्रेनी नेताहरूले लगातार पुकारा गरिरहेको अनि युक्रेनको गैरसैन्य संरचनामा रुसले भयानक विनाश गरिरहेकोले पेट्रियट प्रणाली उपलब्ध गराउन अमेरिका राजी भएको अमेरिकी अधिकारीहरू बताउँछन् । रुसी आक्रमणका कारण कठ्यांग्रिदो जाडोमा विद्युत् तथा न्यानोपनको अभावका कारण युक्रेनी जनताले निकै कष्ट बेहोरिरहेका छन् ।
तर यो हतियार चलाउनका लागि प्रशिक्षण दिनुपर्ने समस्या चुनौतीपूर्ण छ । अमेरिकी सैनिकहरूले यस प्रणालीको उपयोग तथा मर्मतसम्भारका लागि युक्रेनी फौजलाई तालिम दिनुपर्ने हुन्छ । पेट्रियट बटालियनमा खटिएको सैनिकले तारो पत्ता लगाउन अनि त्यसलाई प्रभावकारी रूपमा रेडार र क्षेप्यास्त्रको निशाना बनाउन विस्तृत तालिम लिनुपर्छ ।
अमेरिकाले युक्रेनी फौजलाई हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम्स (हिमार्स) लगायतका जटिल हतियार प्रणाली चलाउनका लागि तालिम दिएको छ । उनीहरूले तालिम अवधि छोट्ट्याएर युक्रेनी सैनिकहरूलाई केही हप्ताभित्रै युद्धमोर्चामा जानका लागि तयार पारेका छन् । तर युक्रेनी सैनिकहरूले त्यस जटिल हतियार प्रणालीलाई राम्ररी चलाउन नजानेका कारण त्यसले रुसलाई खासै धेरै असर नपारेको बताइएको छ ।
अमेरिकी अधिकारीहरूले पेट्रियट्स चलाउने तालिम कति अवधिका लागि अनि कहाँ बसेर दिने भनी विस्तृत विवरण दिन मानेका छैनन् ।
युक्रेनले रुसबाट विभिन्न किसिमका जोखिमको सामना गरेको छ । पेट्रियट क्षेप्यास्त्र तीमध्ये केही जोखिमका विरुद्ध उम्दा छ भने अन्य जोखिमलाई त्यसले रोक्न सक्दैन ।
पेट्रियट प्रणालीका बारेमा जानकारी राख्ने एक पूर्व वरिष्ठ सैन्य अधिकारीले यो छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्ध प्रभावकारी रहने बताए । अनि यसले युक्रेनलाई अमेरिकाको दह्रो सहयोग रहेको सन्देश पनि दिने उनको भनाइ छ । तर एउटा जत्थाले युद्धको दिशा बदल्न नसक्ने वास्तविकता पनि उनले उजागर गरे ।
युक्रेनलाई पेट्रियट दिने विषयमा आधिकारिक घोषणा नभइसकेकाले नाम नखुलाउने शर्तमा ती अधिकारी बोलेका छन् । उनका अनुसार, पेट्रियटको दायरा लम्बाइमा उम्दा छ तर यसले सीमित रूपमा चौडा क्षेत्रलाई मात्र सुरक्षा दिन सक्छ । सानो सैन्य अड्डालाई यसले सुरक्षित बनाउँछ तर किएभ जस्तो विशाल शहरलाई यसले सुरक्षा दिन सक्दैन । उक्त शहरको एक भागलाई मात्र पेट्रियटले सुरक्षा दिन सक्छ ।
पेट्रियटलाई प्रायः बटालियनका रूपमा तैनाथ गर्न सकिन्छ र त्यसमा चारवटा जत्था हुन्छ । तर युक्रेनलाई एक जत्था मात्र उपलब्ध गराउने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
युक्रेनीहरूले उपयोग गरिरहेको सोभियतकालीन एस–३०० हवाई प्रतिरक्षा प्रणालीको तुलनामा पेट्रियटसँग तारो निर्धारित गर्ने बढी शक्तिशाली रेडार छ । तर त्यसका पनि आफ्नै सीमाहरू रहेको काराको र कान्सियन बताउँछन् ।
यति हुँदाहुँदै पनि पेट्रियटले केही ब्यालिस्टिक क्षेप्यास्त्र तथा विमानहरूलाई तारो बनाउने क्षमता राखेकाले किएभलाई सुरक्षित गर्न यो उपयोगी हुन सक्छ । विशेषगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सीमित दायराको आणविक हतियार तैनाथ गर्ने भनी लगातार धम्की दिइरहेको सन्दर्भमा पेट्रियटले त्यसबाट सुरक्षा दिन सक्छ ।
तर आणविक हतियार कसरी प्रहार गरिन्छ भन्ने कुरामा पेट्रियटको प्रभावकारिता निर्भर रहने काराको बताउँछन् । युद्धविमानमार्फत ग्राभिटी बम प्रहार गरिएमा पेट्रियटले विमानलाई तारो बनाउन सक्छ । क्रुज वा छोटो/मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रहार गरिएमा पेट्रियटले उक्त क्षेप्यास्त्रलाई प्रतिरोध गरेर आकाशमै ध्वस्त पार्न सक्ने काराकोको भनाइ छ ।
पेट्रियट क्षेप्यास्त्र बनाउने रेथोन कम्पनीले सन् २०१५ देखि अहिलेसम्म आफ्नो हतियार प्रणालीले १५० वटा प्रतिरोध गरिसकेको जानकारी दिएको छ । तर पेट्रियटको सफलता दरका विषयमा बारम्बार प्रश्न उठ्ने गरेका छन् ।
सन् १९९२ मा सरकारी जवाफदेहिता कार्यालयले जारी गरेको प्रतिवेदनमा खाडी युद्धको समयमा यस प्रणालीले स्कुड क्षेप्यास्त्रका विरुद्ध ७० प्रतिशत सफलता दर रहेको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको थियो ।
सन् २०१८ मा यमनका हूती विद्रोहीहरूले प्रहार गरेको क्षेप्यास्त्रका विरुद्ध साउदी अरबले तैनाथ गरेको पेट्रियट प्रणालीले काम नगरेको भिडियो सार्वजनिक भएको थियो ।
पेट्रियटको क्षमता आफ्नै ठाउँ होला तर यसको तैनाथीले नै युक्रेनलाई सहयोग गरेको ठूलो सन्देश दिन्छ ।
एसोसिएटेड प्रेसमा तारा कोप र लोलिता बाल्दोरले तयार पारेको रिपोर्टलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...