०४ साउन २०८३, सोमबार

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ : सार्वजनिक ट्रेलरमा के छ ?

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ : सार्वजनिक ट्रेलरमा के छ ?

पुसको २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । 

मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलर चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का वरीपरी घुमेको छ । 

ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदला ईत्यादी समावेश छ । साथमा, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ ।

पुष्पको एमिलीसँगको प्रेमकथालाई समेत ट्रेलरमा देखाइएको छ ।

प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गरेका हुन् । यो उनको निर्देशकीय डेब्यू चलचित्र हो । 

पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल पनि निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सबिर श्रेष्ठ छन् ।

यसअघि ‘मंगलम’र ‘मारुनी’मा सहकार्य गरेका पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ तेस्रो सहकार्य हो ।

salt training

कमेन्ट गर्नुहोस्