२९ असार २०८३, सोमबार
रवि लामिछानेको सिंहदरबार यात्रा

गृहमन्त्रीका रूपमा रविको पहिलो निर्णय– निर्मला पन्तको न्यायका लागि पहल गर्ने

पुस ११, २०७९
गृहमन्त्रीका रूपमा रविको पहिलो निर्णय– निर्मला पन्तको न्यायका लागि पहल गर्ने

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चार वर्षअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रालय सिंहदरबारमा सोमवार साँझ पदभार सम्हालेपछिको पहिलो निर्णयमा रविले निर्मला पन्तलाई न्याय दिलाउन पहल कदमी लिने उल्लेख गरेका हुन् ।

निर्मला पन्तको २०७५ सालमा बलात्कारपछि हत्या भएको थियो । घटनाका सम्बन्धमा छानबिन गर्न प्रहरीले समिति गठन गरे पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।  

salt training

कमेन्ट गर्नुहोस्