चैत ८, २०७९
विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् । उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...
काठमाडाैं | पुस १२, २०७९
कांग्रेससँगको गठबन्धन भत्किएपछि यति बेला नेकपा एकीकृत समाजवादीको अवस्था भर्खरै ‘माउले छाडेको चल्ला’ जस्तो बन्न पुगेको छ ।
गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) एमालेको क्याम्पमा पुगेपछि एकीकृत समाजवादी अक्करमा परेको हो ।
आइतबार एकाएक सत्ताको पासा उल्टिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए ।
तिक्ततापूर्ण सम्बन्ध रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको साँठगाँठ भएपछि एकीकृत समाजवादी राजनीतिको किनारामा परेको छ ।
आइतबार नै उक्त पार्टीले बैठक राखेर ‘पर्ख र हेर’को अवस्थामा रहने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि गठबन्धन भत्कनुमा कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रमुख कारण रहेको बताइरहेका छन् ।
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा अस्वीकार गर्दा त्यसको असर एकीकृत समाजवादीले समेत भोगेको छ ।
एमालेबाट विभाजित भएर आएको, माधव नेपाल र केपी शर्मा ओलीबीचको शत्रुतापूर्ण सम्बन्ध रहेको कारण अहिल्यै वर्तमान सत्ता साझेदार दलसँग एकीकृत समाजवादीको सहकार्य भइहाल्ने अवस्था देखिँदैन ।
एकीकृत समाजवादी बनाउन ठूलो सहयोग गरेका प्रचण्डले भने ओली र माधव नेपालको संवाद गराउने वचन नेपाललाई दिएका छन् ।
सोमबार प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन शीतल निवास पुगेका ओली र नेपालले २० महिनापछि संवादहीनता तोडेका छन् ।
सञ्चो विसाञ्चोको सामान्य संवाद भएको छ । तर, उनीहरूबीचको दरार मेटिएर सहकार्यमा पुग्न भने पक्कै समय लाग्नेछ ।
भलै, निर्वाचनको परिणाम आएपछि नेकपा एमालेका नेताहरूले एकीकृत समाजवादीसँग पनि संवादको प्रयास गरेका थिए । एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेमार्फत एमाले नेताहरू संवादमा थिए ।
यसबारे जानकार एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएको कारण एमाले नेताहरूले उहाँमार्फत संवाद अघि बढाएका छन् ।
धेरै कुरामा छलफल भएको बुझिन्छ । मुख्य कुरो माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कसरी सुधार्ने भन्ने नै टुंगो लाग्न बाँकी छ ।’
२०७८ को असार २८ मा आएको सर्वोच्चको फैसलासँगै बालुवाटारबाट बालकोट फर्किएका ओलीले माधव नेपाललाई सत्तोसराप गरेका थिए ।
बालकोटको बार्दलीबाट ‘देशद्रोही’ र ‘गद्दार’को आरोप लगाएका थिए । नेपालले पनि ‘श्री ५ को महावाणी’ भनेर प्रत्युत्तर दिएका थिए । त्यसयता उनीहरूले सार्वजनिक मञ्चबाटै वाकयुद्ध जारी राखेका छन् ।
एकीकृत समाजवादीले गत निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सीट जितेको छ । समानुपातिकमा झिनो मतले थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको हैसियत पाएन ।
भलै, कांग्रेस नेतृत्वको गठबन्धन रहँदा प्रमुख राजनीतिक पदमध्ये केही पद एकीकृत समाजवादीले पाउने थियो ।
५ वर्षमध्येको अन्तिम एक वर्षको प्रधानमन्त्री माधव नेपाललाई बनाउने बारेमा गठबन्धनभित्र छलफल भइरहेको थियो । यी सबै सम्भावना अहिलेका लागि सुदूर क्षितिक्षमा अस्ताएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भने अहिल्यै हतारिएर कुनै निर्णय गर्नुपर्ने अवस्थामा पार्टी नरहेको बताउँछन् ।
एकीकृत समाजवादीका लागि केही थोरै अवसर संघारमा छन् ।
उसका लागि पहिलो विकल्प हो– संसद्मा कम्युनिस्ट प्रतिपक्षको सशक्त भूमिकामा रहने । तर, संसद्मा उनीहरूको संख्या असाध्यै थोरै रहेका कारण त्यसको प्रभावकारिता पनि उत्तिकै कमजोर हुने निश्चित छ ।
अर्कातर्फ, एकीकृत समाजवादीबाट चुनाव जितेका कतिपय सांसद भने नीति, विधि र पार्टीभन्दा पनि पद र पहुँचमा रूमल्लिने प्रवृत्तिका छन् । जसका कारण पार्टी नै संकटमा छ ।
अहिलेको ‘हङ पार्लियामेन्ट’मा उनीहरूले कतिबेला कता मुभ गर्छन् भन्ने कुरामा नेतृत्वले चनाखो भएर हेरिरहनुपर्ने हुन्छ ।
समाजवादीका लागि उपलब्ध अर्को विकल्प भनेको प्रचण्ड नेतृत्वको सरकारलाई फ्लोरबाट समर्थन गर्ने र केही राजनीतिक फाइदा लिने । यो उसका लागि सबैभन्दा सुरक्षित उपाय हुनसक्छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।
पदभार ग्रहणपछि प्रचण्डलाई बधाई दिन पुगेका बेला नेपाललाई प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् । तर, नेपालले भने प्रचण्डलाई स्पष्ट जवाफ दिइसकेका छैनन् ।
सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रचण्डले नेकपा एसलाई सरकारमा ल्याउन सकिने बताएका थिए ।
माधव नेपाल र प्रचण्डबीचको सम्बन्ध केही विशेष रहेका कारण प्रचण्डले नै नेकपा एकीकृत समाजवादीका लागि केही विशेष राजनीतिक अवसर सिर्जना गरिदिन सक्ने माओवादी केन्द्रका नेताहरूको विश्लेषण छ ।
नेकपा एसका प्रवक्ता खतिवडा माओवादीसँग खासै समस्या नभए पनि सरकारबारे निर्णय लिन बाँकी रहेको बताउँछन् ।
‘माओवादी केन्द्रसँग राजनीतिक सम्बन्ध राख्न समस्या रहेन । सरकारको सम्बन्धबारे पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको छैन,’ उनले भने ।
एकीकृत समाजवादीका लागि अर्को विकल्प भनेको माओवादीसँग पार्टी एकीकरण हो ।
यसअघि दुवै पार्टी एकीकरणका लागि एकता संयोजन समिति बनाउन सहमत भएका थिए । नेकपा एसले त सचिवालय बैठकबाट निर्णय नै गराएको थियो । तर, पार्टीभित्रै असन्तुष्टि चुलिएपछि पछि हटेको थियो ।
पछिल्लो दुईदिनमा विकसित परिस्थितिले नेकपा एकीकृत समाजवादीलाई राजनीतिको अक्करमा पुर्याएको छ ।
यसको सहज अवतरण कसरी हुन्छ भन्नेचाहिँ आगामी दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गर्ने भूमिकामा निर्भर रहन्छ ।
विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् । उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्न शुरू गर्ने घोषणा शनिवार (मार्च २५) गरेपछि खैलाबैला मच्चिएको छ । जुलाई १ सम्ममा सीमित दायरामा विनाश गर्ने ट्याक्टिकल आणविक हतियार र...
इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ । सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...