सिदार्थ बैंक लिमिटेडले एक करोड रुपियाँको बीमा सुविधासहितको श्रीबृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ । आफ्नो ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले सो योजना ल्याएको हो ।
व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको म्यादी जीवन बीमा योजना अन्तर्गत न्युनतम ५० हजारमा खाता खोज्न सकिने बैंकले जनाएको छ । यस योजनामा ग्राहकले निक्षेप रकमको दुई गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ ।
साथै, पहिलो वर्षका लागि निःशुल्क क्रेडिट कार्ड सुविधा समेत ग्राहकले पाउनेछन् । योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको बैंकले जनाएको छ । बैंकले देशभर १९३ शाखा, २१५ एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १८ सय बढी पीओएस मेशिन मार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री सेवा प्रदान गर्दैआएको बैंकले जनाएको छ ।