×

NIC ASIA

उत्तर कोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

पुस १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । 

Muktinath Bank

प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा  ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको सम्बन्ध थप बिग्रिएको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले शनिबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको अन्तर्देशीय क्षेत्रबाट तीनवटा प्रक्षेपण  भएको बताएका छन् । ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानबीचको पानीमा अवतरण गर्नुअघि करिब ३५० किलोमिटर पुगेका बताइएको छ । परिक्षण गरिएका क्षेप्यास्त्र दक्षिणकोरियामा प्रहार गर्नसक्ने क्षमताका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त चिफ अफ स्टाफले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कमजोर बनाउने बताएका छन् । उलने उत्तरकोरियाको कुनै पनि उक्साहटलाई रोक्न दक्षिणकोरिया तयार रहेको बताएको छन् । युएस इन्डो–प्यासिफिक कमाण्डले प्रक्षेपणलाई  उत्तरकोरियाको गैरकानूनी हतियार कार्यक्रमको अस्थिर प्रभाव भनेको छ । दक्षिणकोरिया र जापानको रक्षाको लागि अमेरिकी प्रतिबद्धता अटल रहेको कमाण्डले स्पष्ट गरेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x