×

NMB BANK
NIC ASIA

मनोरञ्जन

डाँडाघरे साइँली : जसले पायो डेढ वर्षमै ५ करोड भ्युज

​स्वरूपराजले पहिलोपटक कसरी गाए लोकदोहोरी गीत ?

पुस २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संगीतकार श्रीकृष्ण बम मल्ललाई लोकदोहोरी गीतमा केही नयाँ प्रयोग गर्न मन थियो । थुप्रै ‘हिट’ आधुनिक गीत दिएका उनी यस्तो लोकदोहोरी गीत बनाउन चाहन्थे, जसलाई हरेक क्षेत्रका स्रोता/दर्शकले रुचाउन्, हरेक उमेर समूहका स्रोता–दर्शकलाई मन परोस् र गीत हाम्रो माटो सुहाउँदो मौलिक होस् साथै पृथक पनि । 

Muktinath Bank

सोही क्रममा गीतकार कृष्ण केसीको शब्दमा मौलिक र फरक सिर्जना ल्याउने तयारीमा लागे उनी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीतको बोल थियो – डाँडाघरे साइँली ।


Advertisment
Nabil box
Kumari

श्रीकृष्णले आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरूपराज आचार्यलाई ‘डाँडाघरे साइँली’ गीत गाउन लगाउने सोंच बनाए । किनकि त्यसअघि स्वरूपराजले कुनै लोकदोहोरी गीतमा स्वर दिएका थिएनन् । स्वरूपसँग थुप्रै आधुनिक गीतमा सहकार्य गरेका श्रीकृष्ण भन्छन्, ‘पहिले–पहिले नारायण गोपालले पनि मीठामीठा लोकगीत गाउनुभएको छ । मलाई पनि लाग्यो, लोकगीत स्वरूप दाइको आवाजमा सुन्दा कस्तो होला ? त्यसपछि उहाँलाई प्रस्ताव राखें ।’

Vianet communication
Laxmi Bank

गीतको प्रस्ताव राख्दा शुरूआतमा स्वरूपराज हाँसेका थिए । श्रीकृष्णले पछि गीत कम्पोज गरेर डमी पठाए । उनले भने, ‘डमी सुनेपछि शुरूआतमा उहाँ झस्किनुभएको थियो ।’

स्वरूपराजले त्यसबेला भनेका कुरा सुनाउँदै श्रीकृष्णले भने, ‘यो मबाट सम्भव छैन । यो धेरै भित्री सतहको लोकगीत हो । मैले सायद यो गीत गाउन सक्दिनँ होला । गाएँ भने मैले धेरै सिक्नुपर्छ । यदि मैले सकिनँ भने, जसले गाउँछ उसका लागि भाग्यको कुरा हुनेछ ।’

स्वरूपराज एकदिन स्टुडियोमा पुगे । श्रीकृष्णलाई लाग्यो, आज त दाइले गीत रेकर्ड गर्नुहुन्छ ।

तर त्यसदिन स्वरूपराजले गीत रेकर्ड गरेनन् । श्रीकृष्णलाई भने, ‘श्री, आज म गीत रेकर्ड गर्न होइन, अभ्यास गर्न आएको हो ।’

‘उहाँमा कस्तो पोजेटिभ भाइब्स । यो लोक गीत हो, जसरी गाए पनि हुन्छ भनेर भन्ने सोंच पनि उहाँले लिन सक्नुहुन्थ्यो,’ श्रीकृष्ण भन्छन्, ‘तर उहाँले एकदमै मेहनत गरेर गीत गाउनुभएको थियो ।’

उनका अनुसार स्वरूपराजले १ महिनाको तयारीपश्चात ‘डाँडाघरे साइँली’मा स्वर दिएका थिए ।
 
गीतमा महिला आवाज भने लक्ष्मी मल्लको छ, सांगीतिक क्षेत्रकी चर्चित गायिका उनी श्रीकृष्णकी जीवनसंगीनी हुन् ।

गीतको भिडियोमा पनि श्रीकृष्णले केही ‘प्रयोग’ गरेका छन् । लोकदोहोरीका चर्चित गायक प्रकाश सपूतलाई भिडियोमा नचाउने सोच बनाए उनले । मौसम हिमालीको कोरियोग्राफी र देवेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा चलचित्रकी अभिनेत्री शिल्पा पोखरेलदेखि अर्की मोडल करिष्मा ढकालसम्म प्रस्तुत भए । तामझाम विना सामान्य भिडियो बनाइयो । सामान्य नै सही, डेढ वर्षमै गीतले यूट्युबमा झण्डै ५ करोड भ्युज पाएको छ ।
 
गीत टिकटकमा त निकै हिट भयो नै, बजारका रेस्टुरेन्ट, यातायातका साधनदेखि गाउँघरमा निकै घन्कियो । श्रीकृष्णले सोचेझै गीतलाई हरेक क्षेत्रका, हरेक उमेर समूहका स्रोता/दर्शकले रुचाए । 
 
बिस्तारै हिट भएको गीत

अधिकांश गीतहरू सार्वजनिकको शुरूआती दिनमा चर्चामा आउँछन् । गीतहरूले शुरूआती दिनमा राम्रो भ्युज पाए पनि केही समयपछि भ्युजको गतिमा ब्रेक लाग्दै जान्छ तर ‘डाँडाघरे साइँली’ अपवाद बन्यो, जुन गीत बिस्तारै हिट भयो ।

यस गीतको भ्युजको गति शुरूआती दिनमा कम थियो । बिस्तारै गीतका टुक्काहरूमा टिकटक बन्दै गए । गीत सार्वजनिक स्थानमा घन्किन थाल्यो ।

श्रीकृष्ण भन्छन्, ‘गीत जब मासमा पुग्यो, अडियो र भिडियोलाई स्रोता–दर्शकहरूले ध्यान दिएर सुन्ने र हेर्ने गर्नुभयो, त्यसपछि गीतले राम्रो भ्युज पाउँदै गएको थियो ।’ उनका अनुसार १ करोड भ्युज पुग्न ४ महिना लाग्यो, गीतले अर्को १ महिनामा २ करोड भ्युज पार गरेको थियो । अहिले पनि दैनिक १ लाखभन्दा बढी भ्युज पाइरहेको छ गीतले । 

‘डाँडाघरे साइँली’मा स्वर दिएयता स्वरूपराजले अन्य लोकदोहोरी गीत गाइसकेका छन् । गत महिना सार्वजनिक ‘डाँडाघरे साइँली’ टीमको नयाँ लोकगीत ‘निरमाया ठूली’मा पनि स्वरूपराजले स्वर दिएका छन् ।
 
प्रमोदले पनि श्रीकृष्णकै प्रस्तावमा पहिलोपटक गाए लोकदोहोरी 

आधुनिक गायनमा कहलिएका गायक प्रमोद खरेलले पनि श्रीकृष्णकै प्रस्तावमा दोहोरी गीत गाएका छन् । प्रमोदले पहिलोपटक गाएको दोहोरी गीत ‘धरोधर्म विद्यानास’ले स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । 

थुप्रै आधुनिक गीतमा श्रीकृष्णसँग सहकार्य गरेका प्रमोदले उनकै संगीतमा गीत गाएका हुन् । प्रमोदले लोकदोहोरी गीत गाएपछि उनका प्रशंसकहरू मात्रै नभएर उनी स्वयं पनि निकै खुशी छन् । 

उनले त्यसयता अन्य लोकदोहोरी गीत समेत गाएका छन् । श्रीकृष्णकै संगीतमा उनले अर्को लोकदोहोरी गीत गाइसकेका छन् । शान्तिश्री परियारसँग पनि उनले लोकदोहोरी गीत रेकर्ड गराइसकेका छन् । 

लोकदोहोरीलाई हेर्ने नजर परिवर्तन छ 

श्रीकृष्ण बम मल्ल संगीतमा लाग्दै गर्दा विधा छुट्याएर फरक नजरले हेर्ने परिपाटी थियो । त्यसमा पनि लोकदोहोरी भनेपछि अलि हेपाहा प्रवृत्ति देखिन्थ्यो तर पछिल्लो समय लोकदोहोरीलाई हेर्न नजरमा परिवर्तन आएको उनी बताउँछन् । पहिले–पहिले कुनै विवाह पार्टी, पिकनिकहरूमा रमाइलो गर्नका लागि हिन्दी गीतहरूको सहारा लिनुपथ्र्यो तर हिजोआज नेपाली गीत, त्यसमा पनि लोकदोहोरी गीत बढी रोजाइमा पर्ने गरेका छन् । चलेका अन्य विधाका कलाकारहरू पनि लोकदोहोरी गाउन एवं अभिनय गर्न चाहन्छन् । 

‘अहिले लोकदोहोरीलाई हेर्न नजरमा पूरै सकारात्मक परिवर्तन आएको छ । अहिले कलाकारहरूको मन नै समानान्तर जस्तो देख्छु,’ संगीतकार श्रीकृष्ण भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x