×

NMB BANK
NIC ASIA

प्रदेशमा सरकार गठनको चटारो

प्रदेशमा सत्ताको रस्साकस्सी– कुनै प्रदेशमा बन्न सक्छ कांग्रेससहितको वैकल्पिक सरकार ?

पुस २४, २०७९

NTC
Premier Steels

संघीय सरकार बनेको २ सातापछि प्रदेशहरूमा पनि सरकार गठनको प्रक्रिया शुरू हुँदैछ । संघमा जस्तै कुनै पनि प्रदेशमा एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको गठबन्धनमा सरकार बन्दैछ ।

Muktinath Bank

संविधानको धारा १६८ (१) अनुसार कुनै एक दलले बहुमत नल्याएपछि प्रदेश प्रमुखहरूले ७ वटै प्रदेशमा सरकार गठनका लागि संविधानको १६८ (२) अनुसार दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज कार्यालय समयसँगै सकिँदैछ । प्रदेश १ मा एमालेका हिक्मत कार्कीले सत्ता गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै बागमती र गण्डकीमा प्रदेशमा २५ पुससम्मको समय दिइएको छ ।

Vianet communication

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका लागि पुस २७ सम्मको समय दिइएको छ भने मधेश प्रदेश सरकारका लागि २८ पुससम्मको समय दिइएको छ । 

कुन प्रदेशमा कस्तो छ अंकगणित ?

प्रदेश १ 

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । सबैभन्दा ठूलो दल एमाले एक्लैको यहाँ ४० सीट छ । उसलाई थप ७ सीट भए सरकार गठनका लागि बहुमत पुग्छ ।

सत्ता गठबन्धनमा यहाँ माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् । यी सबै मिल्दा ६० सीट पुग्छ ।

प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । उसले १८ सीट थप जोड्नसके मात्रै सरकार बनाउन सक्छ । यो प्रदेशमा एमाले र माओवादीलाई बाहिर राखेर सरकार बनाउन असम्भव छ ।

सोही कारण संघको प्रतिपक्षी दल कांग्रेसले नयाँ समीकरण बनाएर सरकार बनाउन सक्ने सम्भावना खासै देखिन्न ।

एमालेका हिक्मत कार्कीले माओवादी समेतको समर्थनमा आजै अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

मधेश 

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा ६ देखि २३ सीट जित्ने दलको संख्या नै ८ रहेको छ । त्यसैले मधेशमा दलहरूलाई बहुमतको समीकरण बनाउन धेरै सहज छैन । 

मधेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८, नेकपा एसका ७ र स्वतन्त्र ६ सांसद छन् । 

केन्द्रमा सत्तामा रहेका एमाले, जसपा, जनमत र माओवादीको मत ६० पुग्छ । तर यो प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत सबै दलले मुख्यमन्त्रीमा दाबी छाडिसकेका छैनन् । जसपा र जनमतको दाबी प्रदेश सरकारमा सबैभन्दा धेरै छ ।  

बागमती

​​सातमध्ये ४ वटा प्रदेशमा कांग्रेस पहिलो दलको रूपमा उभिएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो दल हो ।

११० सीट रहेको बागमतीमा सरकार गठन गर्न ५६ सीट चाहिन्छ । यो प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एसका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

बागमतीमा सत्तारुढ एमाले, माओवादी र राप्रपाको ६१ मत रहेको छ । यी दल एक ठाउँमा उभिँदा कांग्रेसले चाहेर पनि बहुमत पुर्याउन सक्दैन । राप्रपाले समर्थन नगरे सत्तारुढ दललाई पनि बहुमत पुर्‍याउन कठिन हुन सक्छ । कांग्रेस र राप्रपाबाहेक एमाले, माओवादी, नेकपा एस, नेमकिपा र हाम्रो नेपाली पार्टी मिल्दा पनि बहुमत पुग्न सक्छ ।

कांग्रेसले बागमतीमा मुख्यमन्त्री दिएर राप्रपासँग गठबन्धन बनाउनेबारे केही नेताले छलफल समेत गरेका थिए । तर कांग्रेस र राप्रपा मात्रै मिल्दा पनि बल्ल ५० सीट पुग्छ । यसमा ७ सीट भएको नेकपा एस पनि थपिँदा भने आवश्यक बहुमत पुग्न सक्छ । 

तर केन्द्रीय सत्ता गठबन्धन कायम रहेसम्म ठूलो दल भएर पनि बागमतीमा कांग्रेसलाई कठिन नै देखिन्छ । सत्तारुढ दलमा खटपट आएर एक दुई दलले समर्थन फिर्ता लिनासाथ भने कांग्रेसलाई सहज हुने देखिन्छ । एमाले र माओवादी मिल्दा मात्र नपुग्ने अंकगणित बागमतीमा छ ।

गण्डकी 

गण्डकी ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सीट चाहिन्छ । यहाँ कांग्रेस २७ सीटसहित पहिलो दलका रूपमा छ । उसले थप ४ सीट जोड्न सके मुख्यमन्त्रीमा दाबी गर्न सक्छ । तर सत्ता गठबन्धनका कारण यही ४ सीट जुटाउन पनि कांग्रेसलाई सहज छैन । गण्डकीमा एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र नेपाल समाजवादी पार्टीका १ र स्वतन्त्र १ सांसद छन् ।

कांग्रेसबाहेक एमाले, माओवादी, राप्रपा र नेपाल समाजवादी पार्टी केन्द्रीय सत्ता गठबन्धनमा छन् । यी दलको मत जोड्दा ३२ मत पुग्छ । तर कांग्रेसले केन्द्रीय सरकारमा राप्रपालाई रोकेर गठबन्धन बनाउन सके पनि अझै दुई मत पुग्ने छैन । स्वतन्त्रबाट जितेर नेकपा एसमा गएको घोषणा गरेका दीपक मनाङले समर्थन गरे पनि जम्मा ३० सीट पुग्न सक्छ ।

यस्तोमा बाबुराम भट्टराईले पनि समर्थन गरे भने मात्र कांग्रेसले गठबन्धन बनाएर सरकारको नेतृत्व गर्न सक्छ । तर भट्टराई माओवादी केन्द्रसँग पार्टी नै एकता  गर्ने अन्तिम तयारीमा छन् । यसैले यो प्रदेशमा पनि सत्ता गठबन्धनकै दल बहुमतनजिक छन् ।

लुम्बिनी

लुम्बिनीको ८७ सदस्यीय प्रदेशसभामा एमाले २९ सहित पहिलो दलको रूपमा छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका समान ३/३, स्वतन्त्र २ र एकीकृत समाजवादीका तथा राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् । 

लुम्बिनीमा पनि सत्तारुढ एमाले र माओवादी नै सरकार गठनका लागि सहज अवस्थामा छन् । एमाले, माओवादी, राप्रपा र उन्मुक्ति दल मिल्दा सत्ता गठबन्धनलाई सहज बहुमत पुग्ने देखिन्छ ।

यसमा जसपा र जनमतको ६ सीट मिसिँदा सत्ता गठबन्धन सहज अवस्था देखिन्छन् । तर २७ सीट भएको कांग्रेसको साथमा लोसपामात्रै छ । जसको ३ सीट मात्रै छ । यसैले सत्ता गठबन्धन एक ठाउँमा उभिँदासम्म कांग्रेसले यहाँ सरकारका लागि प्रयत्न गर्ने आधार देखिँदैन । 

कर्णाली

४० सदस्यीय रहेको कर्णाली प्रदेशसभामा सरकार गठन गर्न २१ सीट पुर्‍याउनुपर्ने हुन्छ । कांग्रेसको १४ सीट छ ।

उसले थप ७ सीट जोड्न सके मात्रै सरकारमा दाबी गर्न सक्छ । यसका लागि साना दलको समर्थनले मात्रै पुग्दैन । एमाले वा माओवादीमध्ये एक दलको समर्थन अनिवार्य छ । तर यी दुई दल केन्द्रमा सत्ता गठबन्धनमा छन् ।

यसैले यो गठबन्धन टुटिहाल्ने अवस्था नभएकाले कर्णालीमा कांग्रेस नेतृत्वमा वा उसले चाहेर पनि सरकार बनाउन सक्दैन । 

माओवादीको १३ र एमालेको १० सीट छ । नेकपा एस, राप्रपा र स्वतन्त्रको समान एकएक सीट छ । नेकपा एस, राप्रपा र स्वतन्त्रका सीट लिन सके पनि कांग्रेसलाई थप चार सीट आवश्यक पर्छ । अन्यथा केन्द्रीय गठबन्धनमा आबद्ध माओवादी र एमालेलाई यहाँ सरकार बनाउन सहज छ । एमाले र माओवादीको मात्रै २३ सीट छ । जुन बहुमतभन्दा २ सीटले बढी हो । 

अघिल्लोपटक नेकपा विघटनपछि ६ सीटमात्रै जितेर पनि कांग्रेसबाट जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा बाजी मारेका थिए ।  

सुदूरपश्चिम 

सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ ।

सुदूरपश्चिममा कांग्रेस १९ सीटसहित पहिलो दलको रूपमा छ । उसलाई सरकार गठनका लागि थप ८ सीट आवश्यक पर्छ । यहाँ माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एसको ४ र राप्रपा तथा स्वतन्त्र एक–एक सांसद छन् । 

कांग्रेसको बलियो उपस्थिति रहेको सुदूरपश्चिममा पनि सत्ता गठबन्धनमा आबद्ध दल नै बहुमतमा छन् ।

केन्द्रको गठबन्धनबाट फिर्ता ल्याउन सके नागरिक उन्मुक्तिको ७ सीट र नेकपा एसको ४ सीट जोडेर कांग्रेस बहुमतको अंक गणितमा पुग्न सक्छ । तर, त्यो त्यति सहज भने छैन ।

सबै प्रदेशमा संघअनुसार सत्ता गठबन्धनकै सरकार बन्छ– विष्णु रिमाल

एमाले उपमहासचिव विष्णु रिमाल केन्द्रमा गठबन्धनमा सामेल रहेका दलहरू मिलेर प्रदेश सरकार बन्ने बताउँछन् ।

कांग्रेस चारवटा प्रदेशमा पहिलो दलमा रूपमा उभिएकाले अस्थिरता मच्चाउन लागे पनि त्यो सम्भव नहुने उनको तर्क छ ।

‘कांग्रेसको तर्फबाट त्यस्तो खेल हुन्छ जस्तो लाग्दैन । हुन त हामी स्थिरताको चिन्ता गर्छौं, कांग्रेस अस्थिरतामा रमाउने पार्टी हो । कांग्रेसको समस्या नै यो हो । तर दिएर तलमाथि गर्ने हो भने त हामी नै दिन सक्छौं नि कांग्रेसले भन्दा । दिने ल्याकत कांग्रेसको भन्दा हाम्रो बढी छ अहिले,’ उनले भने ।

७ मध्ये कुन दलले कतिवटा प्रदेशको नेतृत्व लिने भन्ने संख्या लगभग टुंगिए पनि कुन–कुन प्रदेश भन्ने विषय टुंगिन बाँकी रहको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x