०३ साउन २०८३, आइतबार

रुचाइँदै ‘मन पराउने हजारौं छन्’ [भिडियो]

रुचाइँदै ‘मन पराउने हजारौं छन्’ [भिडियो]

राजकुमार बगरको शब्द एवं संगीतमा सार्वजनिक पछिल्लो गीत ‘मन पराउने हजारौं छन्’लाई स्रोता दर्शकले रुचाएका छन् ।

दुई दिनअघि मात्रै सार्वजनिक यस प्रेमिल गीतमा सीडी विजय अधिकारी र अनु चौधरीको स्वर छ । गीतलाई कमल सौरागले एरेन्ज ​गरेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा सुधिर श्रेष्ठ र रोशनी श्रेष्ठ प्रस्तुत छन् ।

सुधिर र रोशनी रियल जोडी हुन् ।

भिडियोले दुई दिनमा झण्डै २ लाख भ्युज पाइसकेको छ । गीतमा हजारौं टिकटक भिडियो बनेका छन् ।

मानकृष्ण महर्जनको छायाँकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । 

मोडल सुधिरको अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्