माघ ११, २०७९
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई र ईन्द्रले परशुरामलाई धनुषवाण समर्पित गरेका थिए ।
धनुषवाण समर्पित गर्ने लहर चलिरह्यो । वरुणदेव, अरुणदेव हुँदै अन्तत त्यो धनुषवाण अर्जुनको हातमा आइपुगेको थियो ।
भगवान्का लागि त्यतिधेरै महत्त्वपूर्ण रहिआएको धनुषवाण मनुष्यका लागि कमसल हुने कुरै थिएन । त्यसैले होला १६औं शताब्दीसम्म जंगलमा शिकार खेल्ने मांसाहारी आदिवासी समुदायले धनुषवाणको प्रयोग गरिरहे र भगवान्ले जसरी नै आफ्ना पुस्ताहरूलाई धनुषवाण समर्पित गर्दै आए तर जंगली जनावर बिस्तारै घरपालुवा बन्न थालेपछि अब धनुषवाणले आफ्नो स्थान मेला पर्वमा जमाउन थाल्यो । यसरी २१औं शताब्दीमा त्यो ऐतिहासिक धनुषवाण माघेसंक्रान्तिको विशेष दिनको मौका पारेर मार्के मगरको हातमा आइपर्यो ।
विश्व मगर संघ बेल्जियमले आयोजना गरेको माघेसंक्रान्ति पर्वको विशेष अवसरमा मार्के मगरले आफूले मात्रै घनुषवाण चलाएनन्, बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई समेत धनुषवाण हान्न लगाए ।
२–३ पटक टार्गेट बाहिर धनुषवाण प्रहार गरेपछि राजदूत भण्डारीले नेपाल संस्कृतिले भरिपूर्ण रहेको बताए । ‘ओहो यो त अद्भूत नै भयो, तरुल पनि खाइयो, रमाइलो भयो, यो पर्वको जगेर्ना यसरी नै गर्नुपर्छ,’ भण्डारीले भने, ‘हामी नेपालीहरूको भाईचारा र आत्मियताको प्रवर्द्धन यस्तै पर्वहरूले गर्छन् ।’
रोल्पाको टकसेरामा जन्मिएर माघे संक्रान्तिलाई बाल्यकालदेखि नै अनुभूति गर्दै आइरहेका मार्के मगर बेल्जियम आएको ३० वर्ष पुगिसक्यो तर माघे संक्रान्ति मनाउन छाडेका छैनन् । शुरूका दिनमा मगर संघ बेल्जियमको नेतृत्वदायी भूमिका निभाएर पर्वलाई निरन्तरता दिने उनी नै हुन् । विधिअनुसार पूजापाठ गरेर, चेलीबेटी पुजेर माघे संक्रान्ति मनाउने काम उनकै हातबाट शुरू हुन्छ ।
‘अहिले मसँग पहिलाको जस्तो जोश छैन, उमेर पनि पुग्यो, अब यो संस्कृति जोगाउने काम युवाहरूको हो,’ उनी थप्छन्, ‘अहिलेका नानीबाबुहरूको ध्यान संस्कृति जोगाउनेभन्दा पनि हाहाहुहु र चमकधमकतिर धेरै गएको छ, संस्कृति जोगाउने कुरालाई पैसासँग मात्रै जोडेर हेर्नु हुँदैन ।’
कार्यक्रमका विशिष्ट अतिथि आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान घर्ती मगरले राज्यले सबै पर्वहरूलाई समान रूपले नहेरेको आरोप लगाए । ‘आदिवासी जनजातिहरूको ईतिहास नामेट पार्ने खेल पहिल्यैदेखि चलिआएको हुँदा हाम्रा संस्कृतिहरू राष्ट्रियकरण हुन पाएनन्, हाम्रा पर्वहरूलाई राज्यले अपनत्व ग्रहण पनि गरेन,’ उनले भने ।
कार्यक्रम आयोजक विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरले पहिचान र संस्कृति जोगाउनका लागि आफूहरूले गरेको सानो प्रयासलाई साथ दिने सयौं सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ पाउने अपेक्षा गरेका थिए । ‘जसरी आज हामी एकजुट भएर माघे संक्रान्ति मनाइरहेका छौं, यसरी नै हाम्रो देशको कला, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्छ, मान्छेको सबैभन्दा ठूलो कुरा पहिचान हो, त्यो जोगाउनुपर्छ,’ उनले भने ।
माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्न उपस्थितहरू आफ्नो मौलिक परम्परागत गरगहना र पोशाक (भाङ्ग्रा, घलेक, गादा, लुकुनी, कछाड) लगाएर आएका थिए । मगर मात्र नभई अन्य समुदायका मानिसहरू पनि आफ्नो पहिरनमा सजिएका देखिन्थे ।
कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसीले भने, ‘एनआरएनए बेल्जियम विभिन्न कला, संस्कृति जगेर्नाका लागि सहयोग गर्न तत्पर रहेको छ ।’ उनले यसैका लागि नेपाल फेस्टिबलको आयोजना गरिएको बताए ।
विश्व मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनले विश्वभरका मगर समुदायले आफ्नो भेषभुषा, भाषा, संस्कृति र चाडपर्वको विकास र संरक्षणका लागि मिलेर काम गर्न सुझाव दिए ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका अनु गुरुङले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
स्थानीय कलाकारहरू कृतिका मगर, देवी गर्बुजा लगायतको समूहले गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नेकपा एमाले बेल्जियमकी अध्यक्ष चन्द्रकुमारी गुरुङ ‘ईशा’, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, साहित्यकार इन्दिरा चाम्लिङ, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायत दर्जनौं जातीय तथा सामाजिक संघसंस्थाले माघे संक्रान्तिको शुभकामना दिएका थिए । कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नास...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वी...
सुख शान्तिका लागि तपार्इंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेकाे हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर ड...
वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजक...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...