चैत ९, २०७९
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...
काठमाडाैं | माघ १०, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वसदस्य महबूब आलमले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई 'स्पट फिक्सिङ' गर्ने प्रयास गरेको खुलेको छ ।
नेपाल टी–ट्वान्टी लीगमा भएको स्पट फिक्सिङका सम्बन्धमा भएको अनुसन्धानका सम्बन्धमा जानकारी गराउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त तथ्य खुलाएको हो ।
साथै राष्ट्रिय टीमका सदस्य मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाइड फाल्नका लागि एप्रोच आएको र उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीले जानकारी दिएको छ ।
उनले २६ डिसेम्बरमा भएको 'म्याच ८' काठमाडौं भर्सेस जनकपुर र २९ डिसेम्बरमा भएको 'म्याच १२' जनकपुर भर्सेस फार वेस्टको खेलमा फिक्सिङ गरेको खुलेको छ ।
नेपाली व्यक्तिलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फिक्सिङका लागि एप्रोच भएको पनि सीआईबीले जनाएको छ ।
टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक सेसनमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको पनि खुलेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिएपनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।
केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ ।
हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...
म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप २०७९’ आमन्त्रित म्याग्दी लिग फूटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लब...
दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। अनन्त तामाङले खेलको ३० औं मिनेटमा गोल गरेका हुन्। नेपालले अर्को खेल चैत...
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुन लागेको हो। जसअनुसार आज पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले लाओससँग प्...
दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपाल २-० गोलअन्तरले विजयी भएको छ। नेपालले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको गरेको हो। नेपालका लागि पहिलो गो...
सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा &...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...