०२ साउन २०८३, शनिबार

मलिका महतको शीर्ष भूमिकामा चलचित्र ‘सतीदेवी’ बन्ने

मलिका महतको शीर्ष भूमिकामा चलचित्र ‘सतीदेवी’ बन्ने

अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘सतीदेवी’को निर्माण हुने भएको छ ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुने चलचित्रको छायाँकन आगामी महिनादेखि सुरु हुनेछ । 

नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको चलचित्रमा मलिकासहित भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा लगायतको अभिनय रहनेछ । 

सरस्वती पूजाको दिन पारेर बिहीवार चलचित्रको औपचारिक घोषणा गरिएको हो । 

चलचित्रको गत मंगलवार मात्रै चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको थियो । चलचित्रका अन्य कलाकार पनि तय हुन बाँकी रहेको र केही दिनमा वर्कसप सुरु हुने जनाइएको छ । 

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनले चलचित्रलाई प्रस्तुत गर्न लागेको हो ।

‘यात्रा’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी मलिकाको पछिल्लो चलचित्र ‘पानीफोटो’ हो । उनी म्युजिक भिडियोमा निकै रुचाइएकी मोडलसमेत हुन् । यता, सञ्चारकर्मी समेत रहेका निर्देशक सुवेदीले यसअघि ‘एउटा साथी र ‘लालजोडी’ चलचित्र निर्देशन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्