×

NMB BANK
NIC ASIA

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

माघ १८, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ ।

Muktinath Bank

पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडामुक्त गर्ने अभियान सञ्चालन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायी लगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दै अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडामुक्त अभियानबारे समन्वय तथा सहकार्य शुरू गरेको एनिमल नेपालका कार्यक्रम संयोजक तथा पिँजडामुक्त कुखुरा अभियानका अभियानकर्मी मधु कट्टेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार पशुपक्षी कल्याणको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा अण्डा उत्पादन गर्ने कुखुराले साँघुरो खोरमा हलचल गर्न नपाउने गरी राखिँदा सास्ती भइरहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अण्डा उत्पादन गर्ने कुखुराका लागि पिँजडामुक्त अभियान शुरू गरिएको हो । 

Vianet communication

‘कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रूपमा आफ्नो चारो आफैं खोज्ने पक्षी हो तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्ने स्थान नदिएर आजीवन जबरजस्ती अण्डा दिन उत्पादन गरिन्छ,’ उनले भने, ‘कुखुरा पनि जीवित पक्षी भएकाले मानिस जस्तै दुखाइभोगाइ महसूस गर्छन्, तर मानिसले व्यापार व्यवसायमा फाइदाका लागि कुखुरा पनि जीवित पक्षी हो भन्ने बिर्सिएको छ ।’

अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै अभियान सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उनले बताए ।

कुखुरालाई सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसका लागि भिटामिन योग्य नहुने वरिष्ठ पशु चिकित्सक डा. अतिसकुमार यादवले बताए । ‘पशुपक्षीका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरको व्यवहारअनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ,’ वरिष्ठ पशु चिकित्सक यादवले भने, ‘पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुन्छ, अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने गर्दछ ।’

पशु कल्याणको क्षेत्रमा विगत १३ वर्षदेखि काम गरिरहेको एनिमल नेपालले बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा पशु कल्याणको काम गरिरहेको नगर प्रमुख प्रशान्त बिष्टले बताए । उनले एनिमल नेपालले अगाडि सारेको अभियानमा उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x