×

NMB BANK
NIC ASIA

४० प्रतिशतले घटे रारा पुग्ने पर्यटक

माघ १९, २०७९

NTC
Premier Steels

विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष ४० प्रतिशतले पर्यटक घटेका छन् ।

Muktinath Bank

मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक ४० प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले  जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो ।


Advertisment
Nabil box
Kumari

यहाँको होटालका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवयक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उहाँको भनाइ थियो ।

Vianet communication

'रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,' प्रमुख संरक्षण अधिकृत  श्रेष्ठले भने ।

रारासम्म पर्यटकलाई सहजरुपमा पुर्‍याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनले बताए।

राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष ३० प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ । 

पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा  पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ थियो ।

राराभित्र प्रवेश शुल्क नेपालीका लागि  प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित एक हजार पाँच सय रुपैयाँ र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित तीन हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

तालको सुन्दरता

रारा पुग्ने सबैले यहाँको सुन्दरताको वर्णन गर्न थाल्छन् । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको तालको प्रत्यक्ष अवलोकन गर्ने ठूलो धोको सबैलाई हुन्छ ।

प्रकृतिको काखमा रहेको त्यहाँको अनुपम दृश्य नियाल्ने रहरले कर्णाली प्रदेशको राजधानीबाट सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै राराताल पुग्न सडक मार्ग रोज्नेको यात्रा निकै रमालो र सकस पनि हुन्छ । जब रारा ताल भेटिन्छ तब बाटोमा भोगिएका  कष्ट त्यो रमणीयस्थलले मेट्नाका साथै तालसँग फोटो खिच्नेको भीड लाग्ने गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x