चैत १३, २०७९
निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...
काठमाडाैं | माघ २०, २०७९
नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ ।
आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो ।
वार्षिक ८७ हजार ५ सय जोर बूट उत्पादन गर्ने गरी प्लान्ट स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी (ब्रिगेडियर जर्नेल) कृष्णप्रसाद भण्डारीले बताए ।
‘हामीले वार्षिक साढे ८७ हजार जोर बूट उत्पादन गर्ने गरी तयारी गरेका छौं,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।
आफूलाई आवश्यक पर्ने पहिरन तथा बन्दोबस्तीका सामग्रीहरू आफैं उत्पादन गर्ने अवधारण अनुसार सैनिक कत्याणकारी कोषबाट ऋण लिएर बहुव्यवसाय उद्योग नै स्थापना गरिएको छ ।
यो उद्योग नाफा वितरण गर्ने कम्पनीको रूपमा दर्ता गरेर सञ्चालन गरिएको सेनाले जनाएको छ ।
उत्पादित बूटमा सेनाले विश्वविख्यात जुत्ता कम्पनी ‘वरिजिनल स्वाट’को आधिकारिक ट्रेडमार्क प्रयोग गर्नेछ । त्यसका लागि सेनाले ओरिजिनल फूटवेर एल.एल.सी कम्पनीसँग प्राविधिक सहकार्य गरेको छ ।
सेनाले कम्पनीसँग टेक्नोलोजी ट्रान्सफर गर्नका लागि सम्झौता गरेको छ । त्यसैका आधारमा प्लान्टमा आवश्यक पर्ने मशिन र कच्चा पदार्थ आयात गरेर उत्पादन शुरू गर्न लागेको प्रवक्ता भण्डारीले बताए ।
सरकारबाट स्वीकृति लिएर आवश्यक कर्मचारी भर्ना गरिसकेको सेनाले जनाएको छ । उद्योग विभागबाट प्रक्रिया पूरा गरेर बूटका लागि आवश्यक पर्ने कच्चापदार्थ स्वाट कम्पनीबाटै आपूर्ति गर्ने तयारी छ ।
ठेक्कापट्टा तथा व्यवसायमा बढी केन्द्रित हुन थालेको भन्ने आरोपका लागिरहेका बेला सेनाले आफ्नो प्रयोगका लागि मात्र उत्पादन गर्न लागेको दाबी गरेको छ ।
‘हामीले आफ्नो प्रयोगका लागि आवश्यक पर्ने बूटहरू आफैँले उत्पादन गर्न लागेका हौ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘यसबाट सेनालाई पहिलेभन्दा आर्थिक भार कम हुने विश्वास लिएका छौं ।’
सेनाले अहिले आफूलाई आवश्यक पर्ने कपडाहरू पनि उत्पादन गर्दै आएको छ । सेनाले यसअघि नै मोजा, पञ्चल टोपी, उलनका थर्मकोट लगायतका पोशाकहरू उत्पादन गर्दै आएको छ ।
सेनाले २०७६ मंसिरदेखि ‘सूनाचरी इमल्सन प्लान्ट’ मार्फत वार्षिक २ हजार ४ सय मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।
देशका ठूला आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गरेर ढुुवानी, सुरक्षा र भण्डारणको काम गर्ने गरेको प्रवक्ता भण्डारीले बताए ।
‘सुनाचरीबाट हामीले देशका ठूला आयोजनालाई आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गरेर ढुवानी, सुरक्षा र भण्डारण गर्दै आएका छौं,’ प्रवक्ता भण्डारीले भने ।
सेनाले विषेश गरेर ठूला विद्युत् आयोजनालाई विस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ ।
त्यति मात्र होइन सेनाले रिपुमर्दनी पानी र ‘स्वयम्भुनाथ’ स्यानिटाइजर पनि उत्पादन गर्दै आएको छ ।
आफूलाई आवश्यक पर्ने ग्रीनेट लगायतका सामग्रीहरू उत्पादन गर्न प्लास्टिक कम्पनी पनि सञ्चालन गरिरहेको छ ।
आफ्ना कर्मचारीका सन्तानहरू र आमनागरिकका लागि विद्यालय र कलेज समेत सेनाले सञ्चालन गर्दै आएको छ ।
निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सकरकर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले...
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले मिटर ब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदा उनीहरूका लाग शान्ति बाटिकामा आन्दोलन गर्ने ठाउँको प्रबन्ध गरेको जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले खुलामञ्चमा ...
नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताएका छन् । ६२ औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयो...
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक प्रगति समीक्षा आजदेखि शुरू भएको छ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षामा मन्त्रालयगत प्रगतिको समीक्षा...
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस फटाहा छ भन्ने आफूलाई सानैदेखि थाहा भएको बताएका छन् । पार्टीको ग्रासरुट अभियानका लागि गुल्मी पुगेका ओलीले कांग्रेस सधैं बदमास फटाहा पार्टी भएको आरोप लगाएका हुन् । &n...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...