×

NMB BANK
NIC ASIA

भारतीय धार्मिक गुरू मोरारी बापू रामकथा वाचन गर्न लुम्बिनीमा

माघ २३, २०७९

NTC
Premier Steels

महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंगलवारदेखि सञ्चालन हुने धार्मिक कार्यक्रम (रामकथा) का लागि भारतका हिन्दू आध्यात्मिक प्रवचक मोरारी बापू सोमवार दिउँसो लुम्बिनी आइपुगेका छन् । 

Muktinath Bank

बापू भारतको गुजरातस्थित भावनगरबाट आफ्ना अन्य ३ जना सहयोगीका साथमा चार्टर्ड विमान गरी लुम्बिनी आइपुगेका हुन् । उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजक लगायत ठूलो समूहले स्वागत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामकथा प्रेम यज्ञ समिति लुम्बिनी नेपालले मंगलवारदेखि ९ दिनसम्म बापूको ‘रामकथा’ कार्यक्रमको आयोजना गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रमको आयोजना गरिएको हो । उनलाई पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि भैरहवामा स्वागत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

रामकथाको विषयलाई लिएर बौद्ध धर्मालम्बीले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । 

Vianet communication

रामकथाका लागि विकास कोषले ५ हजार क्षमताको हल प्रयोग गर्न दिएको छ । कथा वाचन कार्यक्रममा विश्वका विभिन्न देशबाट बापूका अनुयायी २ हजारभन्दा बढी सहभागी हुने बताइको छ । कार्यक्रम १ हप्ताको रहेको छ ।

कार्यक्रममा लागि १७० देशबाट सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क भण्डारा चलाइएको छ । कार्यक्रमले लुम्बिनी क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x