
काठमाडौं, ६ भदौ — समुद्रशास्त्रअनुसार मनुष्यको हरेक अंगले उसको स्वभावका बारेमा केही न केही अवश्य भन्छ । अर्थात्, कुनै मानिसको शरीरमा ध्यान दिएर हेर्दा उसको बारेमा धेरै कुरा सजिलै भन्न सकिन्छ ।

कानले पनि मानिसको स्वभावलाई मजाले व्यक्त गर्छ । यो ज्ञानेन्द्रियको एक भाग बाहिर देखिन्छ भने अर्को भाग शरीरभित्र लुकेको हुन्छ ।
सानो कान
सानो कान हुने मानिस बलिया हुन्छन् । यिनीहरूमाथि विश्वास गर्न सकिन्छ । यिनीहरू कलाको क्षेत्रमा रुचि राख्छन् । यिनीहरू मिलनसार र धनी हुन्छन् ।
ठूलो कान
ठूलो कान भएका मानिस कर्मठ र व्यावहारिक हुन्छन् । तर कहिलेकाहीँ यिनीहरू अग्घोरै रिसाउँछन् । यिनीहरूलाई कुनै पनि काम ढिलो भएको मन पर्दैन । सबै काम व्यवस्थित तरिकाले गर्नुपर्ने मान्यता उनीहरूको हुन्छ ।
चौडा कान
यस्ता मानिस जिन्दगीमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त गर्छन् । यिनीहरू अवसरवादी पनि हुन्छन् । यिनीहरूको साथी कम हुन्छन् । पढेलेखेका र उच्च पदमा रहेका हुन्छन् यिनीहरू ।
कसैको कान मास्तिर उठेको छ भने लजालु र संकोची हो भनी बुझ्नुपर्छ । कान गर्दनतिर झुकेको छ भने त्यस्तो मान्छे सतर्क, सावधान, शंकालु र मौन किसिमको हुन्छ ।
कानको बीचको भाग थिचिएको छ भने उक्त व्यक्ति अपराधी प्रवत्तिको हुन सक्छ । यस्ता मान्छेले आफ्नो व्यवहारका कारण अरूलाई दुःखित तुल्याउँछन् । मानिसहरू यिनीहरूसँग कुनै सम्बन्ध राख्न चाहँदैनन् ।
भारतीय वेबसाइटबाट