२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीको कुर्सीमा बसेपछि मदनकृष्णले भनेः प्रधानमन्त्री बनेजस्तै भयो

प्रधानमन्त्रीको कुर्सीमा बसेपछि मदनकृष्णले भनेः प्रधानमन्त्री बनेजस्तै भयो

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कारसरह भएको बताएका छन्।

बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी भएनन्।

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो ।

त्यसपछि उनले यस्तो बताएका हुन्।  

उनले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताए।

उनले भने, ‘रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ कामुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज कामु मात्रै भएँ । कामु भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ ।’ 

उक्त क्रममा उनले 'एउटै इच्छा छ, तिम्रै भएर जिउने' बोलको गीत गाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्