२२ असार २०८३, सोमबार

इनरुवा अस्पतालका मेडिकल अधिकृतहरूले दिए सामूहिक राजीनामा

इनरुवा अस्पतालका मेडिकल अधिकृतहरूले दिए सामूहिक राजीनामा

सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

मेडिकल अधिकृत र बिरामीबीच भएको विवादमा मेसु डा देवराज घिमिरे मौन बसेको भन्दै मेडिकल अधिकृतले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

मेडिकल अधिकृतहरू डा महेशकुमार शाह, डा रतिकुमार यादव, डा आशिष देव, डा अभिषेकुमार सिंह, डा श्रेया पंगेनी, डा कृतिका हमाल, डा दीपेन्द्र मेहता र डा वीरेन्द्र मण्डलले सामूहिक राजीनामा दिएका हुन् ।

२६ माघमा  ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धम्क्याउने, आक्रमण गर्ने व्यक्तिलाई छलफल नगराएको मेडिकल अधिकृतहरूले बताएका छन् ।

मेसुले मौन समर्थन गरेको पनि उनीहरूको आरोप छ ।

बिरामीका आफन्तले डाक्टरहरूको खोजी गर्दा सामान्य विवाद मात्रै भएको अस्पतालका मेसु डा घिमिरेले बताए  ।

No description available.

No description available.

salt training

कमेन्ट गर्नुहोस्