×

NMB BANK
NIC ASIA

बालाजु घटना

आफ्नै गाडी जल्दा र सम्साँझै लुटपाट मच्चिँदा किन मूकदर्शक बन्यो प्रहरी ?

फागुन २, २०७९

NTC
Premier Steels

ट्राफिक प्रहरीले धेरै चीट काटेको, जरिवाना धेरै भएको तथा बाटोमा पार्किङ गर्न नपाएको भन्दै यातायात मजदुरहरूले आन्दोलन गरे । 

Muktinath Bank

उनीहरूले सोमबार साँझपख काठमाडौंको नयाँ बसपार्क क्षेत्र, बालाजुको माछापोखरी बाइपास क्षेत्र, गोंगबु क्षेत्र र बसपार्कभित्र आन्दोलन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उग्र बनेको आन्दोलनका क्रममा प्रहरीका २ वटा भ्यान (सीआरबी गाडी) जलाइयो । आँखैअगाडि गाडी जलिरहँदा पनि प्रहरीले गाडी जोगाउन र भीड नियन्त्रण गर्न सकेन ।


Advertisment
Nabil box
Kumari

अर्कातिर सोही आन्दोलनका क्रममा मोबाइल पसल तोडफोड गरेर लूटपाट मच्चियो । तर, सुरक्षाकर्मी मुकदर्शक बने । यी घटनाले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ ।

Vianet communication

आन्दोलनकारीले प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी आगजनी गरेका थिए । बालाजु वृत्तको बा १ झ ७२२४ नम्बरको अर्को गाडी पनि तोडफोड र आगजनी भएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल एक्कासि आएको भीडले गाडी आगजनी गरेका कारण बचाउन नसकिएको दाबी गर्छन् ।

‘पहिला अवस्था सामान्य थियो । शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । त्यस्तो अवस्थामा हस्तक्षेप गर्ने कुरा भएन । पछि एक्कासि आएर आक्रमण गरेका कारण गाडीमा क्षति पुगेको हो,’ प्रवक्ता पोखरेलले भने ।

बालाजु क्षेत्रमा आन्दोलनकारी भन्दा रमिता हेर्ने मानिस र पैदल यात्रु बढी भएकाले पनि बल प्रयोग गर्न समस्या भएको उनले खुलाए । अन्य व्यक्ति नपरुन् भनेर संयमता अपनाउँदा गाडी जल्ने अवस्था आएको उनको दाबी छ ।

‘प्रहरीले संयम नअपनाएको भए धेरै मानवीय क्षति हुने थियो । प्रहरीले क्षति कम गर्नका लागि पनि त्यहाँ गोली नचलाएको हो,’ प्रवक्ता पोखरेलले लोकान्तरसँग भने । 

समयमा थप प्रहरी परिचालन हुन नसक्दा गाडी तोडफोड भएको र मोबाइल पसलहरूमा चोरी भएको आरोप स्थानीयले लगाएका छन् । तर, प्रहरी प्रवक्ता पोखरेलले भने समयमै थप प्रहरी परिचालन भएको दाबी गरे ।

‘१५/२० मिनेट त लागिहाल्छ, त्यसमा पनि बालाजु, बसपार्क तथा गोंगबु क्षेत्रका धेरै ठाउँमा थप मद्दत चाहियो भन्दा सबै ठाउँमा एकैपटक पुग्न समस्या भएको थियो,’ डआईजी पोखरेलले भने ।

यता पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले भने सोमवारको घटनामा प्रहरीको केही कमजोरी देखिएको बताउँछन् । साथै समाजमा दण्डहीनता बढेको महसूस समेत भएको उनको भनाइ छ ।

‘हिजोको अवस्था हेर्दा र विगतका केही घटनाहरूलाई हेर्दा समाजमा दण्डहीनता बढेको देखिएको छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थाले समाज कता जान्छ, त्यो विषयमा राज्यले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x